२०८० जेष्ठ २२ सोमबार

काकर्भिट्टामा नबिल बैंकको शाखा उद्घाटन

 

अभिषेक दवाडी  झापा

मेचीनगर -६ काकर्भिट्टा स्थित पुरानो सुपारी लाइन मार्गमा आज नबिल बैंकको शाखा उद्घाटन भएको छ । विगत ३७ वर्ष देखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकले यस शाखा मार्फत  ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने भएको छ ।

मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको र आज काकर्भिट्टामा उद्घाटन गरेको कार्यक्रमका सम्योजक तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताए ।

उक्त बैंकले आज आयोजना गरेको शाखा उद्घाटन कार्यक्रममा माननीय श्री प्रसाद मैनाली , मेचीनगर पालिका मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेती, समाजसेवी केशव पाण्डे, बिजय डालमिया, सन्तोस आचार्य, देवी सुवेदी लगायतको उपस्तिथि रहेको थियो । यस शाखा प्रमुखको जिम्मेवारी सन्दिपा भट्टराईले समाल्ने छिन । कार्यक्रमको संचालन सरोज श्रेष्ठ गरेका थिए ।

२०७९ भाद्र २६, आईतवार प्रकाशित 1 Minute 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।