
खगेन्द्र खराे
झापा ।। मेचीनगर–६ स्थित मिश्र डाडाको एउटा घरमा पुजाको प्रसाद खादा करिव ३५ जना गाउँलेहरु विरामी परेका थिए ।
काँकरभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाडाका जनम थापा मगरको घरमा आइतबार श्रीमान भीम मगरको एक वर्षको बरखान्त सकेर सोमबार पुजा लगाइएको थियो ।
पुजाको प्रसाद खाएका करिव ३५ जना आफन्त र छिमेकीहरु मंगलबार विहानदेखि विरामी परेका थिए । उनीहरुलाइ तत्काल हस्पिटल लगिएको थियाे ।
अधिकांश विरामी महिला र बच्चाहरु रहेको थिए ।
विरामीहरुलाई मनिषा मेडिकल, तेजस्वी क्लिनिक, धुलाबारीको आम्दा अस्पताल, बिर्तामोडको बिर्तासिटी, वीएण्डसी र ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको डीएसपी महतोले बताए । उनका अनुसार डाक्टरले फुड पोइजन भएको बताएको छ ।
बिरामीको अवस्था बुझन नगर प्रमुख गाेपाल चन्द्र बुढाथोकी अस्पताल पुगेका छन् । धुलाबारी अम्दा अस्पताल पुगेर बिरामीको अवस्था बारे जानकारी लिएका हुन । नगरपालिकाको तर्फबाट स्लाइन , माक्स लगायतको स्वाथ्य सामग्री नगरपालिका ले उपलब्ध गराएको छ।
करिव २० दिनअघि पनि काँकरभिट्टा माविको क्यान्टिनमा दिउसो नस्ता खाएका ३१ जना विद्यार्थीहरु विरामी परेका थिए ।