
खगेन्द्र घिमिरे ।।
मेचीनगर नगरपालिमा मा लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत टिक्क नसक्दा सेवाग्राहीको काम समयमा हुन बाट रोकिने गरेको छ । मेचीनगरमा विगत ४८ दिनदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित भएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुरेश दाहाल मिति २०७९÷०४÷०३ गतेदेखि ४ दिनको बिदा लिईजानु भएको थियो । श्रावण १० गते आफु मेचीनगर नफर्कने फोनबाट जानकारी गराउनु भएको थियो ।
यसरी प्रभावित भएपछि नगरप्रमुखले गोपाल चन्द्र बुढाथोकीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई एक चिठ्ठी लेख्दै चाँडै प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेका थिए । यो लगात्यै नगरम राजकपुर चौलागाई आउने भएका छन् ।
बिभिन्न बहाना बनाएर प्रमुख प्रशासकीय अधिकृत नगरबाट बिदा लिने गरेका छन । तर स्रोतका अनुसार नगरपालिका भित्र कर्मचारी र अधिकृत बिचको कार्यसम्पादनको तालमेल नमिल्दा लामो समय सम्म अधिकृत बस्न नखोज्ने बताउँछ ।
नगरपालिकाले नँया जनप्रतिनिधि पाएसँगै केही सुधारका प्रयास सुरु गरेपनि अझै समस्याको चाङ्ग रहेको नगरपालिका भित्रको सुधार गर्न कठिन रहेको भन्दै अनेक बहाना बनाउँदै जाने गरेको बताइन्छ ।
४८ दिनसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर कार्यपालिकाको कार्यालय सहित योजना तथा कार्यक्रम प्रारम्भ गर्न समेत कठिनाइ उत्पन्न भएको हो ।
हल नगरमा मन्त्रालयले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव राजकपुर चौलागाईलाई मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बनाएर पठाएको छ भने यसअगाडि त्यहाँ कार्यरत सुरेश दाहाललाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा खटाइएको छ ।