२०८० जेष्ठ २२ सोमबार

दार्जिलिङ बासी भन्छन् -`नेपाल आउँदा चेप्टी पार्क नहेरी फर्किदैनाै ´


दार्जिलिङ ।।  इलामको माई नगरपालिका–२ ह्याप्पी ड्रिम्स चेप्टी पार्ककाे प्रचारप्रसार भारतको दार्जिलिङमा समेत चर्चा हुने गरेको पाइएको छ । चेप्टी पार्क प्रचार बिभाग टाेली दार्जिलिङ पुग्दा त्यहाका स्थानीय हरु ले साे पार्ककाे नाम आफुहरुमा परिचित रहेको बताएका छन् । स्थानीय ट्राभल्स संचालक तथा स्थानीय हरु सगकाे संवादमा नेपाल पर्यटन पठाउन पार्क सँगकाे सहर्कायले सजिलाे हुने स्थानीय ट्राभल्स संचालक राेजेश लामा बताउँछन् । दार्जिलिङ बाट नेपाल जाने पर्यटन घुमघाम गर्न नयाँ स्थान खाेज्ने तर सहकार्यकाे अभावले असहज हुने गरेकाे उनले बताए । स्थानीय राम प्रधान आफू नेपाल आउदा परिवार सँगै साे पार्क नघुमि नफर्कने प्रतिक्रिया दिन्छन् ।
हजारौंको संख्यामा पर्यटकहरु भित्राउन सफल बनेको चेप्टी पार्क पूर्वाधारहरु थप निर्माण गरेर पार्कको आर्कषर्ण बढाउने काम भएको छ ।
चेप्टी पार्कको चर्चा फैलिदै गए संगै जिल्ला र जिल्ला बाहिरबाट घुम्न मात्र नभई फेल्फी र टिकटक बनाउने हरुको दैनिक भिड लाग्न थालेको छ ।

दुर्घम क्षेत्रको रुपमा रहेको चेप्टीलाई विकास गर्ने उदेश्यले झापा कनकाईका व्यवसायी दिनेश शिवाकोटीले प्रोजेक्ट शुरु गरेका हुन् । प्रोजेक्ट शुरु हुनु अघि उक्त क्षेत्रमा एम्बुलेन्स समेत आउन नसक्ने अवस्था थियो । तर, अहिले जुनसुकै सवारी सहजै पुग्ने, स्थानीयलाई रोजगारी, स्वास्थ्य, शिक्षाको पहुँच वढ्दै गएको उनले बताए ।

केवलकार र जीपलाइनसहित २.५ अर्वको लगानी हुने बताउँदै उनले प्रोजेक्टको फन पार्कमा मात्र अहिलेसम्म ३५ करोड खर्च भइसकेको बताएका छन् । चेप्टी हाइवेबाट नजिकै रहेपनि बाटो नहुँदा एकदमै दुर्गम क्षेत्र भएकोले त्यसको बिकाससँगै पर्यटकीय स्थल बनाउने सोच आएको शिवाकोटीले बताए ।

२०७९ भाद्र १८, शनिबार प्रकाशित 0 Minutes 587 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।