
झापा क्षेत्र नं १ बाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा राप्रपाको तर्फबाट प्रत्यक्ष र समानुपातिक तर्फ सिफारिस गरेको छ ! प्रतिनिधि सभा उमेद्वार प्रतक्ष तर्फ रमेश दाहाल र पुष्कर खतिवडा , प्रदेश सभा “क” मा कल्याण खड्का , प्रदेशसभा “ख” मा सबिना बजगाईं सर्बसहमत सिफारिस गरेको हो !
प्रतिनिधि सभा समानुपातिक तर्फ अशोक सुब्बा, माया गुरुङ, शारदा पराजुली , सम्झना विश्वकर्मा र इन्दिरा रिजाल सिफारिस गरेको हो ! प्रदेश सभा समानुपातिक तर्फ प्रदेश सभा “क” मा बाबुराम पराजुली, सुनिता शर्मा, प्रदेश सभा “ख” मा दिपेश राई, अस्मिता खरेल , र गणेश कुमारी नेउपाने गरेको हो ! सो नामहरु जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिमा पठाइने बताइएको छ । आगामी ४ मंसिरमा हुने प्रदेश सभा चुनावका लागि सबै दलले आकांक्षी उम्मेद्वारहरुको नाम केन्द्रमा पठाउन धमाधम सिफारिस गर्न थालेका छन् !