२०८० जेष्ठ २२ सोमबार

थोप्लेबिरानमा महिलाको हात्ती आक्रमणमा मृत्यु

मेचीनगर,  हात्तीको आक्रमणमा थोप्लेबिरान सामुदायिक बन क्षेत्रको भित्री सडकबाट स्कुटर चलाएर घर गइरहेकी एक महिलाको मृत्यु भएको छ ।

मेचीनगर–९ मा रहेको थोप्लेबिरानबाट बुद्धशान्ति–५ स्थित घर जाँदै गरेकी ३४ वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको हो ।

मे७प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई अचानक देखा परेको हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो ।

घाइते अवस्थामा उनलाई उपचारका लागि मेची आम्दा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७९ भाद्र १७, शुक्रबार प्रकाशित 0 Minutes 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।