२०७९ चैत्र १५ बुधबार

चेप्टी पुग्न सिधा पर्यटकका लागि दैनिक बस सेवा

झापाको उत्तरी सिमा इलामको माई नगरपालिका २ चेप्टीमा संचालित ह्याप्पी ड्रिम्स चेप्टी जान चाहने स्वदेशी तथा विदेशी पर्यटकको सुविधालाई ध्यानमा राखेर बस सेवा सुरु गरेको छ ।

भारतबाट समेत पर्यटकहरु इलाममा रहेको रमणीय स्थलमा आउने गरेकोले उनीहरुलाई बाटो र यातायातका लागि असुविधा नहोस भनेर हाललाई दैनिक दुईवटा बसबाट पर्यटकले यो सुविधा दिन थालिएको ह्याप्पी ड्रिम्स चेप्टीका संचालक दिनेश शिवाकोटीले बताउँनुभयो । बिर्तामोडबाट करिव ३० किलोमिटर क्षेत्रमा रहेको यस क्षेत्रमा पुग्नका लागि झापाको सुरुङ्गाबाट दिउसो १० बजे निस्कने र ११ बजे बिर्तामोडबाट दानावारी स्टेशन हुदै साढे १२ बजे इलामको माई नगरपालिका २ स्थित चेप्टीमा पुग्ने ह्याप्पी ड्रिम्स चेप्टीका मुख्य व्यावस्थापक दिपक ढुङ्गानाले जानकारी दिनुभयो । हाललाई दैनिक २ वटा बसले पर्यटकलाई ल्याउने लैजाने गरेपनि चाडै थप बसहरु समेत सचालमा ल्याउने बताइएको छ । चेप्टीसम्म पुग्नका लागि दैनिक बस सेवा सुरु गरेसगै त्यहाँ सम्म जान चाहने आन्तरिक तथा बाह्रय पर्यटकका लागि सहज भएको छ ।

२०७९ आश्विन १२, बुधबार प्रकाशित 0 Minutes 50 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार