२०७९ चैत्र १५ बुधबार

झापामा झारो टार्ने बजार अनुगमन

चाडपर्वको पूर्वाद्र्धमा भद्रपुरमा पहिलो चरणको बजार अनुगमन गरिएको छ ।  भद्रपुर नगरपालिकाकी उप–प्रमुख एवम् बजार अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा बजारका १९ वटा पसलहरूमा अनुगमन गरिएको हो ।

सो अनुगमनका क्रममा १० वटा खाद्यान्न पसल, ५ वटा होटेल–रेस्टुरेन्ट, माछा–मासुका ३ वटा पसल र एउटा दाना पसलमा मूल्य–सूची नराखिएको, म्याद गुज्रिएका खाद्य तथा पेय सामग्री भेटिएको, व्यवसायको विधिवत् नवीकरण नगरिएको र माछा–मासु पसलमा सरसफाइ नभएको पाइएको, कतिपयको तौल गर्ने मेसिनमा कैफियत भेटिएको अनुगमन समितिका सदस्य–सचिव सुशील कर्णले बताए ।

नगरपालिकाको कृषि र पशु शाखा, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नापतौल कार्यालय, खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, झापा उद्योग–वाणिज्य संघ, वडा प्रहरी र सञ्चारकर्मी समेतको प्रतिनिधित्व रहेको सो अनुगमन टोलीले म्याद गुज्रिएका खाद्य सामग्री जफत गर्नुका साथै मापदण्ड अनुरूप सञ्चालन नभएका पसलेहरूलाई नसिहत दिएको र आइन्दा पनि त्यस्तो भेटिए कारबाही गरिने बारे सचेत गराएको जनाइएको छ ।

आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने र नगर क्षेत्रमा उपभोक्तामैत्री व्यावसायिक अनुशासन कायम गराउन नगरपालिका एवम् बजार अनुगमन समितिले प्राथमिकताका साथ काम गर्ने उपप्रमुख कार्कीको कथन छ ।

२०७९ आश्विन १२, बुधबार प्रकाशित 0 Minutes 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार