२०७९ चैत्र १५ बुधबार

बडादसैँ सुरु,धुलाबारी बजारमा जमरा राखी घटस्थापना

झापा । नेपालीहरूको महान पर्व बडादसैं आजबाट सुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दसैंको सुरुवात भएको मानिन्छ । धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको शुभसाइत तोकेको थियोे । झापाको धुलाबारी मा बिगत १७ बर्ष अघि बाट धुलाबारी बजारमा आयोजना गरिदै आए दुर्गा पुजा यस पटक पनि भव्य रुपमा आयाेजक गरिएको छ । पुजा आयोजना समिति ले धुलाबारी हाडबजार आयोजना गरेकाे पुजा आज पुजा गर्दै घटस्थापना गरेकाे व्यवस्थापन समिति प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताए । गुरु रामप्रसाद आचार्य,सह गुरु पुण्यप्रसाद पाैडेल ले पुजा पाठ सहित समयमा घटस्थापना गर्नु भएको थियोे ।  गिता उप्रेती ले नियमित विधि अनुसार पुजा गर्नु हुनेछ । पुर्वकाे सानकाे रुपमा परिचित यश पुजा काेराेना कारण केही बर्ष खुम्चिएकाे भए पनि यश वर्ष निरन्तर पाएकाे अध्यक्ष प्रमाेद शाहले बताए । यश पटक देश तथा बिदेशका ३० हजार बढी श्रद्धालु हरु आउने अनुमान गरिएको छ ।

२०७९ आश्विन १०, सोमबार प्रकाशित 0 Minutes 74 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार