२०७९ मंसिर १३ मंगलवार

राजधानीको आखाँ चेप्टीमा पर्यटनमा छलाङ्ग मार्र्दै ‘ह्याप्पी ड्रिम्स ’

झापा ।। चुरेको काखमा प्रसिद्ध तीर्थस्थल कनकाइको दोभानमा रहेको ‘ह्याप्पी ड्रिम्स ’ पर्यटकीय हिसावले छलाङ्ग मार्न थालेको छ ।

यस पार्क स्थलगत अवलोकनका लागि पर्यटन व्यवसायी सुनिल शाक्य र किरण साख आएका छन । ठमेलको पहिलो होटल केजीएचका संचालक सुनिल शाक्य ,साख इस्टिल र नेपाल पेन्ट्सका संचालक किरणले अवलोकन गरेका हुन ।

उनीहरुले अवलोकन पश्चात बिकट ठाउँमा यस प्रकारको पर्यटन बिस्तार देखेर आफुहरु खुसी भएको भन्दै आफुहरु पूर्ण रुपमा पर्यटन प्रर्बद्धनमा सहयोग गर्ने बताए । दुर्गम क्षेत्रमा पर्यटन बिस्तार गर्न चेप्टीले खेलेको भूमिका प्रति खुलेर प्रशंसा गरे ।

अवलोकन पछि आफुले समेत यस पार्कमा सुबिधा सम्पन्न होटल,रेष्टुरेन्ट स्थापना गर्न उत्साहित रहेको पर्यटन व्यवसायी सुनिल शाक्य बताए । सहर केन्द्रित पर्यटन भन्दा बिकट र प्रकृतिक क्षेत्रमा स्थापना भएको यस पार्कको बिस्तारमा आफुहरु आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने जनाए ।

पूर्व क्षेत्रमा पाच तारे तथा सुबिधा सम्म अन्य धेरै होटलहरु भएतापनि पर्यटन व्यवसाथी सुनित शाक्य लगायतको टोलीको ध्यान चेप्टी केन्द्रत भएको हो । प्रकृति को काखमा रहेको चेप्टीमा आफुहरुले देशकै नमुना र हजारौ देश तथा बिदेशका पर्यटन भित्राउने गरी लगानी गर्ने बताए । राजनधानी तथा बाहिर बाट आउने पर्यटनहरुको पहिलो गन्तव्य चेप्टी बनाउने कुरामा आफुहरु पूर्ण रुपमा लाग्ने अर्का व्यवसायी किरणले बताए ।

 

‘ह्याप्पी ड्रिम्स ’ चेप्टीका संचालक दिनेश शिवाकोटीले पार्कका सम्पूर्ण क्षेत्र अवलोकन गराउनु भएको थियो । स्थानीय क्षेत्रका जनता बाट आफुरुले पार्क संचालन र बिस्तारमा सहयोग मिलेको शिवाकोटीले बताउनु भयो । पार्क आन्तरिक तथा वाहिय पर्यटकहरूका लागि उपयुतm गन्तव्य बन्दै गएको छ । जहाँ राजधानी केन्द्रित पर्यटकहरु समेत आउने गरेका छन । इलामको माई नगरपालिका वडा–२ स्थित चेप्टी नयाँ गन्तव्यका रुपमा विकास सँगै प्रकृति सँग रम्न र दृश्य हेर्न पर्यटकले यस स्थान रोज्ने गरेका हुन ।
प्राकृतिक दृष्यसँगै कृत्रिम मनोरञ्जनलाई पनि महसुस गर्न सकिने ह्याप्पी ड्रिम्स स्थानमा देश तथा बिदेशका स्थानहरूबाट भ्रमणका लागि आउने गरेका छन ।

पार्क पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेसँगैे पर्यटकका लागि नयाँ र नौलो संरचनाहरु निमार्णलाई तिब्र पारिएको संचालक बताउछन । संचालक पर्यटन व्याबसायी दिनेश शिवाकोटीले संचालनमा ल्याएको पार्कको ४० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भएको छ । दुईसय रोपनी क्षेत्रफलमा फैलिएको निर्माणाधिन हेप्पी ड्रिम्समा तिन अर्वको लागत लाग्ने अनुमान गरीएको छ । पार्कमा हालसम्म ४० करोड लगानी भइसकेको परियोजनाका सञ्चालक शिवाकोटी बताउँछन् ।

हेप्पी ड्रिम्स चेप्टीमा पानी जहाज, डुङ्गा सयर, हेलिकप्टर, विभिन्न प्रकारका पिंङ, सेल्फी डाँडा, घोडचडी, नमुना आकर्षक हिमाल, हिमलबाट बग्ने झरना, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु ड्राइगन,लगायतका संरचनाहरु बनाईएको छ । जीपलाइन संचालनको अन्तिम चरणमा रहेको छ । आगामी दिनमा केवलकार समेत सञ्चालन गर्ने योजना रहेको शिवाकोटी बताउँछन ।

 

२०७९ आश्विन ८, शनिबार प्रकाशित 1 Minute 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार