२०८० जेष्ठ २२ सोमबार

पिपलडाँगीमा गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

झापा । झापामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका- ४ निवासी ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा नगरपालिका- ४ निवासी ४५ वर्षीय विष्णु थापामगर रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मेची राजमार्ग अन्तरगत मेचीनगर १२ स्थित पिपलडाँगीमा गए राति करिब ११ बजे  उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याएकोमा दुई जनाको शनिवार बिहान मृत्यु भएको हो । दुर्घटनामा परी प्र-१-०१-०१४ प ३३५० मोटरसाइकलको पछाडि सवार कनकाई- ४ निवासी राम बहादुर अधिकारी घाइते भएका छन । यता प्रहरीले दुवै मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ ।

२०७९ आश्विन ८, शनिबार प्रकाशित 1 Minute 400 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।