
नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाबाट उम्मेदवार सिफारिस गरेको छ । हिजो बसेको जिल्ला कमिटीको बैठकले आगामी मङ्सिर ४ गतेका लागि घोषित निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।
पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं। १ बाट केन्द्रीय सदस्य अशेष घिमिरे , २ बाट पोलटव्युरो सदस्य भास्कर काफ्ले र केन्द्रीय सदस्य नीलमणि बराल , ३ बाट केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्प पोखरेल र जिल्ला अध्यक्ष वेदराज रेग्मी , ४ बाट केन्द्रीय सल्लाहकार सदस्य नारायणसिंह राजवंशी र प्रदेश कमिटी सदस्य अम्बिका महत उप्रेती तथा क्षेत्र नं ५ बाट केन्द्रीय सदस्य इन्द्र बुढाथोकीलाई सिफारिस गरेको हो ।
त्यस्तै प्रदेशसभा निर्वाचनका लागि पनि उम्मेदवार सिफारिस गरिएको छ । क्षेत्र नं १ को प्रदेश क बाट बिपी भट्टराई र सुभद्रा भट्टराई, प्रदेश ख बाट दुर्गा भट्टराई र परशुराम शङ्कर , क्षेत्र नं २ को प्रदेश क बाट श्री सिटौला , चन्द्रकला घिमिरे र तीर्थ सिग्देल ,ख बाट प्रत्युस राना , होम दुलाल र दुर्गा आचार्य सिफारिस भएको जनाइएको छ ।