
मेचीनगर, ९ भदौ । झापाको मेचिनगर ६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयको परिसर भित्र रहेको क्यान्टिनमा खाजा खाएका ३२ जना विद्यार्थीहरु विरामी परेका छन् ।
आज विहीबार दिउँसो विद्यालय परिसर भित्रको क्यान्टिनमा खाजाकोरुपमा छोलामुरै खाएका ३ जना विद्यार्थीहरु एकाएक विरामी परेपछि उनिहरुलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो

कक्षा १ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरुलाई विरामी परेको र क्यान्टिन सञ्चालक नारायण विष्टलाई नियन्त्रणमा लिइएको इप्रका काकडभिट्टाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए। चिकित्सकका अनुसार विद्यार्थीहरुलाई फुडपोइजन भएको बताइएको छ ।

विद्यालयकै चौकिदार विष्टले सञ्चालन गर्दै आएको उक्त क्यान्टिनबाट प्रहरीले कुहिन लागेको बन्दा समेत बरामद गरेको छ भने क्यान्टिनमा पानी समेत किरा परेको अवस्थामा भेटिएको छ। उक्त क्यान्टिनले बासी खानेकुरा खुवाउने गरेको अभिभावकहरुले आरोप लगाएपनि यश विषयमा छानबिन भैरहेको प्रहरीले जानकारी दिएको छ।
