२०८० जेष्ठ २२ सोमबार

मेचीनगर लेडी जेसीजको आयोजनामा तिज मिलन तथा सम्मान


झापा ।। नेपाली हरुको महानपर्व तिजको अवसर पारेर मेचीनगर लेडीजेसिजले तिज मिलन तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
धुलाबारीमा आयोजना गरेको कार्यक्रममा पुर्वकै पहिलो नौमती बाजा महिला टोलिलाइ सम्मान गरेको हो । नया श्रीनाथ गण चारालीका मेजर आकृती घिमिरे को प्रमुख अतिथ्यतामा भएको भएको कार्यक्रम मौलिक सस्कृतिको जगेर्ना सहित ब्यबसायमा स्थापित महिला हरुको हौसला बढाउने उदेश्य र तिज मिलनका रुपमा आयोजना गरिएको थियो ।


मेचीनगर लेडी जेसीज अध्यक्ष सीता गिरी पुरी सभापतित्वमा, कार्यकारिणी उपाध्यक्ष जेसि रेजिना श्रेष्ठ को संयोजकत्वमा भएको कार्यक्रममा कंचनजंघा एफ एम का प्रबन्ध निर्देशक चन्द्र भन्डारी,मेची उधोग बाणिज्य का अध्यक्ष ऋषि राज तिम्सिना,मेचिनगर लेडिजेसिजका सस्थापक अध्यक्ष कबिता शर्मा, प्रमुख अतिथी मेजर आकृती घिमिरे ,सन्जिवनी महिला बिकास सस्था कि अध्यक्ष रेनुका डागी,महालक्ष्मी कृषि सहकारी कि अध्यक्ष दुर्गा खतिवडा ,मातृशाखा धुलाबारी जेसिजका अध्यक्ष जेसि रबिन्द्र पाठक ले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सन्चालन महासचिव जेसि पबित्रा प्रसाईं ले गनु भएको थियो ।

२०७९ भाद्र ९, बिहीबार प्रकाशित 0 Minutes 342 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।