
खगेन्द्र घिमिरे भ्mापा ।।
मानव स्वास्थ्य तथा वातावरण लाई नै प्रभाव पार्ने हस्पिटलको फोहोर खोलामा फयाल्ने गरेको भेटिएको थियो ।
भ्mापाको कनकाइ नगरपालिका वडा न ९ मा पर्ने कस्ले बिरिङ खोलामा हस्पिटल बाट निस्किएका फोहोर भेटिएपछि यस्तो खुलसा भएको थियो । झापाको विरिङ खोलामा जथाभावी फोहोर फालेको स्थानीयहरुले भेटेका हुन । यस बिषयमा अनुसन्धान अनलाइनले समाचार प्रकाशन गरेको थियो ।
त्यस लगात्यै जिल्ला प्रशासन कार्यालय झापाले आज सम्बन्धीत हस्पिटल,स्थानीय तह,स्वास्थ्य निकाय सँग छलफल गरेको छ । छलफलको क्रममा खोलामा देखिएको फोहोर फ्याल्नु गल्ती भएको भन्दै यस खालको गल्ती फेरि नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन । साथै फोहोरमैला व्यवस्थापन ऐन २०६८ नियामावली ज्भ्ब्ीत्ज् ऋब्च्भ् ःब्ल्ब्न्भ्ःभ्ल्त् न्ग्ीम्भ्ीक्ष्ल्भ्क् को विधि अनुसार व्यवस्थापन गर्ने ।स्थानीय तहबाट स्वीकृति लिई स्वास्थ्य सस्थाजन्य फोहोर मैला व्यवस्थापन गर्ने स्वास्थ्य सस्थाले स्वीकृत विधि र स्थलको प्रयोग व्यवस्थापन गरे नगरेको अनुगमन गर्न स्थानीय तहलाइ गर्ने निर्णयहरु भएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल,सहायक प्रमुख जिल्ला अधिकारी रुदप्रसाद न्यौपाने प्रदेशिक अस्पताल भद्रपुर प्रमुख टंकप्रसाद बाहकोटी,खेमराज बानिय कनकाइ हस्पिटल,कुलप्रसाद खरेल मनमोहन हस्पिटल,नरेश खरेल मनमोहन हस्पिटल,बिर्तामोड नगरपालिका ,भद्रपुर नगरपालिका ,कनकाइ नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत,स्वास्थ्य कार्यालय झापाका प्रमुख वेदराज घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
फोहोरमा मोनमोहन हस्पिटल र कनकाइ हस्पिटलको पर्चा समेत भेटिएको थियो छ । स्थानीय जनताको आखा छल्दै यसरी फोहोर बाढी आएको समय फोहोर फयाल्ने र पानी घटेपछि बाहिर प्रष्ट देखिने गरेको हो । यस बिषयमा सम्बन्धित निकायको ध्यान जाऔस भन्दै स्थानीयहरुले आवाज उठाएका थिए ।