२०८० जेष्ठ २२ सोमबार

हिरासतको डायरी ः जिन्दगीमा कहिल्यै बिर्सन्न त्यो रात !


खगेन्द्र घिमिरे
भदौ ८ त्यो दिन, मेरो जिन्दगीको कहिल्यै बिर्सन्न नसक्ने दिन थियो । जन्मथलो झापा नभए पनि कर्मथलो झापालाई बनाएर बाल्यकालबाटै म भित्र अनौठो किसिमको ऊर्जा बोकेर हिँडेको थिएँ म ।
धेरै संघर्ष र हन्डरकाबीच जुन पेशा मेरा लागि दुईछाक खाने बाटो थियो । समाजमा रहेका बिषयमा मेरा कलम पछिल्ला दिनहरुमा परिवर्तनका बाटाहरु बन्दै गएका थिए । धेरै पीडितका घाउमा मल्हम लगाउन मेरो अभियान र मैले गरेको प्रयासले सफल हुँदै आएको थियो । त्यो मैले भन्नुभन्दा पनि समाजले देखेको विषय हो । यतिमात्रै होइन, हरेक सरकारी कार्यालय भित्रका धेरै समस्याहरु जस्ताको त्यस्तै, उठाउँदा धेरैको नजरमा म आँखाको तारो पनि बन्ने गरेको थिएँ । तर, अचानक मेरो जीवनमा अचानक त्यो ब्रजपात आइलाग्यो । जुन मैले गरेको र भोगेको भन्दा धेरै परको सोच्नै नसक्ने दृश्य थियो ।
केहीदिन अघि मात्रै इलाममा सवारी र्दुघटना भएर म घरमा आराम गर्दै थिएँ । धेरै साथीहरुले मलाई स्वास्थ्य लाभको कामना गर्नुभयो । त्यसैको बीचमा अनलाइन टेलिभिजन संघको गठन प्रकृया अघि बढेको थियो । त्यसमा केन्द्रको सल्लाहअनुसार मलाई झापा जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय भयो । मैले त्यो समय भदौ ६ गते सबै साथीहरुबाट बधाइ तथा शुभकामना पाएँ ।
नयाँ सोच र भिन्न शैलीको पत्रकारिता गर्दै थिएँ । भएको सत्य घटना देखाउँदै थिए । धेरै समाजमा सुधार भएकै थिए । झापामा रहेछ २०६५ सालदेखि निरन्तर पत्रकारिता गर्दै आएको सम्पूर्ण पत्रकारलाई थाहा छ । २०७० सालबाट टेलिभिजिन पत्रकारिता निरन्तर थियो । पछिल्ला केही समय अघि म आबद्ध पत्रिका, अनलाइन, अनलाइन टिभी सँगसँगै थियो । मलाइ अचानक भदौ ८ गते परेको ब्रजपात सँगै मेरो १५ वर्षको परिश्रम र मेरो योगदान एकै शब्दले सक्नेगरी लाग्ने सम्पूर्णप्रति हार्दिक नमन ।
जुन घटना बाहिर आएको थियो । त्यस घटनामा मलाई लागेको आरोप अनुसार म कति संलग्न थिएँ, थिइन न प्रहरीले बुझ्न चाहेको थियो न सहकर्मी साथीहरुले बुझे । त्यो पीडा मेरो पारिवार र केही मित्रबाहेक कसैले बुझ्न सकेनन्।
जुन स्थानमा म पुगेको थिइन् । जुन न मैले पठाएको थिएँ । जुनव्यक्तिसँग परिचित थिएनन् । तर, मलाई स्थलगत रुपमा पुगेको आरोप लगाएर हिरासतको कठघरामा त्यो यातना पाएँ, यो कहिले भुल्न सक्दिन । एउटा पत्रकार हिरासत भित्र जाँदै गर्दा बाहिर रमाउने साथीहरुको माया पनि जीवनमा कहिले भुल्न सक्दिन । बास मैले अध्यक्षको जिम्मेवारी पाएको हँुदा प्रत्यक्ष रुपमा घटनाको बिषयमा सत्यतथ्य बुझ्ने प्रयास गरिहरेको थिएँ । त्यतिकैमा म प्रमुख योजनाकार भएँ । मेरो सामाजिक सञ्जालमा सो भिडियो शेयर भएको हो । सत्य कुरा तर कानुनी बाटो प्रेस काउन्सिल थियो । तर, हिरासतबाट जुन सजाय पाएँ, त्यो भन्दा बढी मैले मित्र चिन्ने मौका पाएँ ।
यो मेरो जीवनको सत्य घटना लेखिरहँदा मेरा हातहरु कम्पन आइरहेको छ । जुन समय म त्यो चिसो भुइँमा रहेको याद गर्दैछु । घटनाको बिषयमा जब म बिरुद्ध उजुरी परेछ । म अन्य कामकै सिलसिलामा प्रहरी चौकी पुगेको थिएँ । तर, अचानक मलाई लिन प्रहरी आएको समय म छलंग खसे झैँ भएँ । म किनभन्दा ल्याउनु भन्नु भएको छ । तपाईंको नाम पनि छ भन्ने जवाफ आयो । न मलाई लानु पर्ने कारण प्रहरीसँग थियो नत पक्राउ पुर्जी नै थियो । ठिकै छ मैले स्वीकारेर गएँ । जाँदै गर्दा जुन म सँग लामो समयदेखि सम्पर्कमा रहेको प्रहरीका जिम्मेवार स्थानमा रहेकासँग कुराकानीमा छलफल होला । जानुस् न त भन्ने जवाफ आयो तर भित्र अर्कै योजना बुनिएको रहेछ ।
मलाई लैजान साथ मेरो मोबाइल खोसियो । हातमा लगाएका सम्पुर्ण सामान, ब्याग, पैसा सबै राखियो । अनि सिधै त्यो अन्धकार कठघराको ढोका खोल्यो अनि भित्र हाल्यो । न मैले किन भन्न सोध्नपाएँ न म सँग पक्राउ पुर्जी को आधार थियो । त्यो समय म सबैसँग सम्पर्क बिहीन भएँ परिवार अनि सबै सँग । त्यो समय जिन्दगीको यस्तो दिन जुन समय दिउँसो १ बजे मेरो जिवनको अन्तिम सास जादासम्म भुल्न नसक्ने समय हो ।
हिरासत भित्र जिन्दगीको पहिलो भोगाइ थियो । समय अघि बढदै थियो साझ पर्न लाग्यो म मात्रै सोच्दै थिए मेरो परिवार अनि त्यो मेरो छोरी अनि । हिरासतभित्र सानो कोठामा म सहित १० जना थियौँ ।
साँझ परेपछि परिवारको नम्वर माग्यो । म हिरासदमा पुगेको परिवारलाई थाहा थिएन । अचानक फोन जाँदा परिवार मुर्छा परेछन् । पछि थाहाभयो । त्यो दिन मलाई साझमा भेटन आउनु हुने पत्रकार महासंघ झापा अध्यक्ष, दाई सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती सँग म भित्रैबाटै कराए । चिच्याए, रोए मलाइ किन यो हालतमा पुराइयो खोजीदिनुस् भने । भोलि पल्ट बिहान मेरो परिवार मलाई खाना, कपडा लिएर भेटन जादा लगेको खाना खान दिइएन् । कपडा राखेर बाहिर बाहिरैबाट फिर्ता पठाइयो ।
हिरासत भित्र मलाई भेटन आउने बाहेक परिवारसँग ८ दिनमा कुनै सम्पर्क हुन सकेन् । जुन खाना मलाइ लगेको हुन्थ्यो परैबाट फिर्ता गरिन्थ्यो, जो ब्यक्ति मलाई भेटन पुगेका हुन्थिए । अधिकांश बाटोबाटै फिर्ता गरिन्थ्यो । अनि समय समयमा जुन हिरासतमा म रहे त्यहाँका प्रमुखको कोठामा बोलाएर चिया खुवाउने वहानामा मलाइ अरु प्रहरीबाट मानसिक तनाव दिने गरिन्थ्यो । भनिन्थ्यो प्रहरीको २–३ सय लिएको समाचार बनाउने, सधैँ प्रहरी खेदो गर्ने, यस्ता यस्तै मानसिक तनाव हुन्थ्यो । म मौन थिएँ, किनकी मैले धेरै प्रहरीको कालो कर्तुत बाहिर हँुदा ल्याएको थिएँ ।
बिडम्वना यो थियो मेरो पत्रकारितासँगै मलाई जीवन भर सक्ने गरी लागेका केही तत्वहरुले मलाई सक्ने गरी समाचारका शीर्षकरु राखेछन् । पटक पटक भिडियो मेरो बनाउँदै समाचार प्रशारण गरेछन् । मेरै म सँगै हिँड्ने साथीहरु मेरो बिरुद्धमा लागेछन् धेरैले मलाई सक्ने खालका स्टाटस् लेखेछन् । कसरी त्यसलाई पक्राउ गर्दैनस् हेरौँ भन्दै प्रहरीलाई भनेछन् । यो नि मेरो ठुलो सफलता रह्यो किनकी ती साथीहरु चिन्ने मौका पाएँ ।
तर मेरा लागि केही अग्रज र साथीहरु ज्यानदिएर लाग्नु भयो त्यसैको स्वरुप म ९ औँ दिनमा बाहिर निस्कन पाएँ, नत्र मलाई बर्षौँभित्र राख्ने तत्व सकृय थियो । मेरा लागि सुरुबाट अन्तिमसम्म लाग्नु हुने मोहन सर, ज्ञानेन्द्र दाइ म कहिल्यै भुल्न सक्दिन । उहाँहरु मेरो लागि अभिभावक बनेर उभिनु भयो । म आबद्ध संगठन नै मेरा लागि बोल्न डराइरहेको अवस्थामा उहाँहरु सधैँभरी परिवारसँग समन्वय गरिहनु भयो । म हिरासतमा हुँदा मलाई भेट्न पुग्नु हुने ३० बढी को नाम म लिन नसके पनि सबैलाइ मनमा राखेको छु । अनि जसले मलाइ पखाल्न लाग्नु भयो यहाहरुको पनि सधै कल्याण होस् । मलाइ जव म्यादथपमा लादै गर्दा दिएको पक्राउ पुर्जी थियो, अनि सिडियो सावलाई मैले प्रश्न गरेँ, मेरो कलम भाच्न खोज्यो साव न्यायदिनुस् तर उहाँले न्याय ७ दिन म्याद थपिदिनुभयो ।
यो त भयो हिरासत बाहिरका कुरा जुनदिन म हिरासतमा परे त्यो दिन देखी ८ औ रातसम्म चिसो भुइँको बास जिन्दगीको कुन सजाय थियो । तर अन्य सामाजिक संजालमा हाल्ने बाहिर घुमिरहेका थिए । मलाई हतकडीमा राखेर हरेक पल मानसिक तनाव दिने नेपालप्रति यो मानेमा सलाम छ कि जुनदिन म आधा रात सम्म स्वास्थ्यमा देखिएको समस्याले मरे मरे भन्दापनि अस्पताल लान खोजिएन । जव मैले कराए अनि म सँगै रहेका अन्य साथीहरुले दवाव दिए अनि मात्रै प्रहरीले बिहानपख अस्पताल लग्यो त्यो पनि दुबै हातमा हतकडी थियो । म पेट दुखेर पुरै सिथिल थिए । हातले पेटमा थाम्ने समय दुवै हातमा हतकडी थियो । अस्पताल लगियो तर उपचार गर्न परिवार नै बोलाइनु भन्यो एक पैसा तिरेर त्यो अवस्थाको मानिसको उपचार गर्न नसघाउने प्रहरी कसरी जनताको सेवक बन्छ । जव मेरो उपचार सुरु भयो अस्पताल भित्र पनि प्रहरी ले हतकडी लगाइरहँदा मैले कुन अपराध गरेको रहेछु भन्ने मन भित्र खेलिरहयो ।
जुन साघुरो कोठा भित्र चिसो भुइँ अनि बिहान ६ बजे बेलुका ६ बजे खाएखा न खाए नखाझै मोटा चामल, पानीमात्रै भएको दाल,अनि सबै भिन्डीको झोल त्यही पनि पुरानो कहीले पखाल्नै नभ्याएको भाडामा देखिरहँदा मैले साच्चै हिरासत भित्रको अनुभूति गरे । यस्तै रहेछ यहाको चलन ।
यति मात्रै होइन गर्मी समय न हावा, न कुनै पंखा थियो बाहिरबाट आएको एउटा टेवल पंखाको भरमा १० जना बस्नु पर्ने अवस्था थियो । कोठासँगै जोडिएको हरेक समय गन्ध आउने शौचालय सफा गर्न कति पटक माग गरियो तर जतिदिन बस्यो त्यही गन्धका बीचमा दैनिकी कट्यो । शौचालयमा प्रयोग गर्ने बाटा, त्यही बाटाले नुहाउनु पर्ने अवस्था अनि वरिपरि किरा, मछयड, रातैभर कुदिरहेको पीडा कसले सुन्थ्यिो र आखिर यहाँको यस्तै रहेछ हिरासत अनि आफ्नो भाग्य ।
पटक–पटकको प्रहरीको मानसिक तनाव, हिरासत भित्रको त्यो बसाइ सत्यको पक्षामा आवाज उठाउने मलाइ त त्यो व्यवहार हुन्थ्यो भने अन्यको अवस्था हिरासत भित्र कस्तो होला । एक दिन त मेरो मनले अस्ती नै भएपछि संसार भुलिसकेको थिए । कुनै दिन निन्द्रा थिएन आखामा न भोकथियो म मन शान्त थियो । हो म अपराधी थिएँ भने त्यो भोगी रहँदा मलाई सहन सक्थिए होला तर मलाई फसाइएको थियो
अन्ततः अझै धेरै छन बास यतिलेख्छु नेपालका हिरासत सुधार गर्न नसके त्यहाभित्रका म जस्ता प्रतिप्रहरीले गर्ने मानसिक तनावका व्यवहार सुधार गर्न नसके हिरासत भित्रअझै लास नभेटिएलान् भन्न सकिन्न । गन्धै गन्धको शौलाचय सँगै खाना खानु पर्ने अनि चिसो भुइँ, किराहरु सँगै रात कटाउनु पर्ने पीडा जीवनमा कहीले नआओस् ।
म हिरासत भित्र रहँदा मलाई अन्तर हृदयबाट सहयोग गर्नु हुने स्थानीयदेखि केन्द्र सम्मका मित्रहरु, दाइहरु, शुभ चिन्तकप्रति हार्दिक नमन अनि म हिरासत भित्र रहँदा बाहिर पाटी मनाउने खुसी हँुदै सामाजिक सञ्जालमा लेख्ने, समाचारका मुख्य शीर्षक बनाउने साथीहरुप्रति फेरि म फर्किएर आएको छु । बाँचुञ्जेल कुनै न कुनै दिन देख्छु । यही आशा गर्छु ।

२०७९ भाद्र ८, बुधबार प्रकाशित 0 Minutes 507 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।