
खगेन्द्र घिमिरे भ्mापा ।।
बिरामी बाट चर्को शुल्क असुल्न पल्किएका अस्पतालहरु अस्पतालबाट निस्किएको फोहोर व्यवस्थापनमा लापरवार्ही गर्ने गरेको भेटिएको छ । झापाका केही अस्पतालहरूले खोलामा जथाभावी फोहोर फ्याल्ने गरेको पाइएको छ । बिर्तामोड नगरपालिकाभित्रका क्षेत्रका अस्पतालहरुले बिरिङ नदीलाइ फोहोर फाल्ने स्थान बनाएका हुन । वातावरणीय तथा मानवीय क्षति गराउन सक्ने अस्पतालजन्य फोहोर नदीमा फालेको भेटिएको छ ।
कनकाई नगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्ने बिरिङ नदीमा बिर्तामोडका अस्पतालसहितका फोहोर फालिएका छन् । अस्पतालबाट निस्कने फोहोर राखिएका कालो प्लास्टिकका पोका सयौ देख्न सकिन्छ ।
सिरिन्ज र अन्य खोलामा जथाभावी फालिँदा स्थानीयवासी आक्रोसित बनेका छन ।े पर्यटकीयस्थलनजिकै फाहोर फ्याँकिएको हो ।
खोलामा फालिएका फोहोरका पोकामा बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालल,कनकाइ अस्पतालको पुर्जी भेटिएका छन्
मानव स्वास्थ्य तथा वातावरण लाई नै प्रभाव पार्ने हस्पिटलको फोहोर खोलामा फयाल्ने गरेको भेटिएको हो झापाको विरिङ खोलामा जथाभावी फोहोर फालेको स्थानीयहरुले भेटेका हुन ।
स्थानीय जनताको आखा छल्दै यसरी फोहोर बाढी आएको समय फोहोर फयाल्ने र पानी घटेपछि बाहिर प्रष्ट देखिने गरेको हो । यस बिषयमा सम्बन्धित निकायको ध्यान जाऔस भन्दै स्थानीयहरुले आवाज उठाएका छन । यो सम्पूर्ण फोहोर एउटै हस्पिटलको हो वा अन्यको रहेको छ भन्ने बिषयमा अनुसन्धान हुन जरुरी देखिन्छ ।