
झापा ।। ग्लोबल आईएमई बैंक लिमिटेड को “छात्रा लाई छात्र वृत्ति कार्यक्रम “अन्तर्गत धुलाबारी शाखा बाट मेचीनगर १० मा अवस्थित धुलाबारी माध्यामिक विद्यालय की छात्रा सुश्री माला राई लाई एक कार्यक्रमको बिच प्रमाणपत्र हस्तान्तरण गरियो। उक्त कार्यक्रममा धुलाबारी माविका शिक्षक तेज प्रसाद चौलागाईं र ग्लोबल आईएमई बैंक धुलावारी को कर्जा अधिकृत राजु धिमालले कार्यक्रमको सहजिकरण गर्नुको साथै प्रउ महेन्द्र विलास लुइँटेल र ग्लोबल बैंक धुलाबारी को साखा प्रबन्धक संजीव कोइराला ले सँयुक्त रूपमा छात्रा लाईप्रमाण पत्र वितरण गरियो।
बैंक ले गरेको यस कार्यको विद्यालय को शिक्षक हरुले खुलेर प्रशंसा गर्नुको साथै आगामी दिनमा बैंक सँगको समन्ध अझ बलियो हुनेमा विश्वास व्यक्त गर्नु।