२०७९ आश्विन १६ आईतवार

मेची भन्सारको ‘सेटिङ’ मा खुलेआम ट्रकमै तस्करी ! भन्सार–सशस्त्र बिच चिसियो सम्बन्ध


खगेन्द्र घिमिरे झापा ।। पछिल्ला केही ठूला घटनाले नाकामा क्षेत्रमा हुने अवैध धन्दाको भित्रि रहस्य सहतमा ल्याइदिएको छ ।
असार ३२ मा पूर्वपश्चिम राजमार्गको जोरसिमल सशस्त्र प्रहरीको चेकपोस्टले ५ लाख २१ हजार भारुसहित पाँच जना भारतीयलाई नियन्त्रणमा लियो । पक्राउ गरेकालाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो । मेची क्राउन क्यासिनोमा लागि भारु सहित आएको ति ब्यतिm पक्राउ पर्दा मेची क्राउनका संचालक बलराम सापकोटाले सशस्त्र प्रहरीले धम्की समेत दिएका थिए । नभन्दै त्यसको केही दिनमा अदालतले सो चेकपोष्ट हटाउँन आदेश दिएको थियो । यो भारु मेची भन्सार नाकाबाटै भित्रिएको थियो ।
त्यसअघि एक व्यापारिक फर्मले प्रज्ञापन पत्र नक्कली बनाएर कर छली गर्न खोजेको आशंकामा सशस्त्रले त्यही चेकपोस्टबाट तिन वटा सवारी नियन्त्रणमा लिएको थियो । सशस्त्रको तस्करी नियन्त्रणमा देखिएको यो सफलताको पछाडि मेचीभन्सारको कर्तुत बाहिर आउँदै थियो ।
यी घटना एक पछि अर्को आउँन थालेपछि तस्करी नियन्त्रण गर्ने मेची भन्सार र सशस्त्र प्रहरीबीच चिसो सम्बन्ध सुरु भएको स्रोत बताउँछ । यस लगात्यै भन्सार तिरेर पश्चिमतिर हिँडेका ना४ख २०८५ र प्र–१०१–००१–ख ३५७७ नम्बरका दुई मालवाहक ट्रक मंगलबार राति करिब साढे ८ बजे बिर्तामोड–५ स्थित पाथीभरा टोल नजिकै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भन्सार–सशस्त्रबीचको द्वन्द्व थप बढेको देखिन्छ ।
मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको दुई वटा फुलबडी ट्रक सशस्त्र प्रहरीले बिर्तामोडबाट नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको संयुक्त टोलीले लत्ताकपडासहित अन्य सरसामान लोड भएको ट्रक नियन्त्रणमा लिएको हो।
राजश्व अनुसन्धान विभागको आदेशपछि सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी मुख्यालय सुनसरीलाई निर्देशन दिएपछि दुई वटा ट्रक नियन्त्रणमा लिएको हो।
नेपाल टभल्सको फर्ममा रहेको सो सामान मेची भन्सार कार्यालयमा कर्मचारीको सेटिङमा व्यापक राजश्व चुहावट भई ट्रकका ट्रक सरसामान गइरहेको सूचना राजश्व अनुसन्धान विभागमा प्राप्त भयो। विभागले तत्काल यसतर्फ एक्सन लियो। विभागले ७ देखि १० वटा ट्रकले राजश्व छलेको सूचना पायो।
सोमबार मेची भन्सार कार्यालयबाट निस्किएको ५ वटा ट्रकमध्ये तीन वटा ट्रक सशस्त्र प्रहरीले मधेस प्रदेशबाट नियन्त्रणमा लिएको थियो ।
मेची भन्सारबाट निस्किएको दुई वटा ट्रक पनि त्यही सूचनाको आधारमा सशस्त्रले नियन्त्रणमा लिएको स्रोतको भनाइ छ। हेट क्वाटरबाट आदेश आएसँगै दिउँसो देखि नै मेची भन्सार आसपास सादा पोसाकमा सशस्त्र परिचालन गरिएको थियो।
ट्रक निस्किएपछि बाटोमा कतै रोक्ने आधार सशस्त्रलाई भएन। अदालतको आदेशपछि जोर सिमल चेकपोस्ट नहुँदा सशस्त्रलाई थप समस्या नै भयो। त्यसपछि सशस्त्रले ट्रकमाथि निगरानी राखेर बिर्तामोडमा सरसामान झार्दै गरेको अवस्थामा नियन्त्रणमा लियो।
भन्सारले ‘सेटिङ’ मा खुलेआम तस्करी गराइरहेको आरोप सशस्त्रको छ । भन्सारले पनि तस्करी गर्न नपाएको झोंकमा सशस्त्रले अनावश्यक रूपमा सामान पक्राउ गरेर दबाब सिर्जना गर्न खोजेको आरोप लगाएको छ । भन्सारबाट निस्किने सबै गाडी समातेर राजस्व अनुसन्धान बुझाउने सशस्त्रले चेतावनी दिएको भन्सार स्रोतले जनाएको छ । मेची भन्सार प्रमुख केशव ओलीकै मिलेमतोमा भन्सार बाट अवैध भन्दा हुने गरेको आरोप छ ।
उता अदालतको आदेशमा जोरसिमलको चेकपोस्ट हटेपछि सशस्त्रले पूर्वाग्रह साँधेको सशस्त्र प्रति आरोप छ । उच्च अदालत विराटनगरको २६ साउनको दोस्रो अन्तरिम आदेशपछि पूर्ण रूपमा हटेको छ ।

 

 

 

 

२०७९ भाद्र ४, शनिबार प्रकाशित 1 Minute 367 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।