२०८० जेष्ठ २२ सोमबार

‘भुइँमान्छे’का आवाज बन्छु गलत गर्नेलाइ छोडिन्न ः नगर प्रमुख बुढाथोकी


खगेन्द्र घिमिरे ।।

स्थानीय तह निर्वाचन भएको सय दिन पुग्न लागेको छ । मेचीनगर नगरपालिकाले समेत नयाँ जनप्रतिनिधि पाएको हो । सय दिन पुग्न लाग्दा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिको सुरुवातको चर्चा समेत हुने गरेको छ ।
नगरप्रमुख निर्वाचित भएका गोपालचन्द्र बुढाथोकीको चर्चा अहिले मात्रै होइन उनी पहिले बाटै जनता माझ परिचित अनुहार हो । समाजमा हुने जनताका हरेक समस्या सँग जुधदै आएका बुढाथोकी मेचीनगर नगरपालिकाको नगर प्रमुख हुदा हरेक जनताको धेरै आसाहरु समेत देखिनु स्वभाविक हो । उनी नगरपालिका प्रमुखको जिम्मेवारी सँगै के गर्दै छन भन्ने धेरैका खोजीको बिषय समेत हुने गरेको छ ।
केही समय अघि सम्म नगरको बजेट निमार्णमा व्यस्त रहेका बुढाथोकी अहिले जनता माझ समस्याका बिषयमा बुझन निस्कन सुरु गरेका छन । उनी भन्छन र्–नगरपालिमा निर्वाचित भएपछि टेवलमा निवेदन लिएर आउँनेको सयौ भिड पाए अव ति निवेदन पहिचान गरी समाधानमा लाग्ने मेरो भूमिका रहन्छ । ’
शिक्षा, स्वास्थ्य, खानेपानी,रोजगार ,जग्गा कटान, लगायतका क्षेत्रमा देखिएका समस्या धेरै रहेको बताए । उनले भने र्–बिद्यालय,स्वास्थ्य क्षेत्र,कार्यालय भित्रका सुधारका लागि केही कदम चाल्नु पर्ने देखिन्छ ।’


यसो भनिरहँदा नगर प्रमुख मंगलबाट मेचीनगरका दुई विद्यालयको अनुगमन गरेका छन । ः हाजिर गरेर शिक्षक हिड्ने परिपाटीको अन्त्य गर्ने नगरपालिकाको भनाई विद्यालयमा छडके गरिएको बताए ।
यो सँगै नगरपालिका भित्र सेवागा्रहीले असुविधा पाउँने गुनासो आएपछि सोमबार र मंगलबार बुढाथोकीले नगरपालिकाको सेवालाई सलल बनाउन कर्मचारीलाई ठाडो निर्देशन दिएका छन् ।
‘जनतामा नगरपालिकाको सेवाप्रति नकारात्मक भावना जागृत भएको छ, नगरपालिकाको सेवाबाट जनता सन्तुष्ट छैनन’ कर्मचारीसँग उनले भने । सेवा दिन आउने सबै सेवाग्राहीलाई समान व्यवहार गर्नुपर्नेमा त्यसो नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै मेयर बुढाथोकीले भने, ‘१० देखि ५ बजेसम्मको समय तपाईँहरुले जनतालाई बेचेको समय हो, त्यो अवधिको सही सदुपयोग गर्नुस् ।’
‘सेवाग्राही कार्यालय परिसरभित्र अल्मलिरहेका छन्, उनीहरुलाई सहजीकरण गरी आवश्यक सहयोग गर्नु तपाईँहरुको दायित्व हो’ उनले थपे, ‘त्यसप्रति तपाईँहरु सजग बन्न जरुरी छ ।’


यो सँगै उनले मेचीनगर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको छड्के अनुगमन सुरू गरेको छ । मंगलवार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीसहितको टोलीले मेचीनगर नगरपालिकाले सञ्चालन गरेको श्रीकृष्ण प्राथमिक विद्यालयसहित दुईवटा विद्यालयको छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा शिक्षकहरूले हाजिर गरेर आफ्नो निजी काममा जाने गरेको, लामो समयसम्म बिदा बसे पनि कुन बिदा बसेको हो त्यसको स्पष्ट नखुलाएको तथा पोशाक नलगाउने गरेको टोलीले अनुगमनका क्रममा फेला पारेको बताईएको छ । मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्रीकृष्ण प्राथमिक विद्यालयमा बाल विकाशसहित कुल ५२ जना विद्यार्थी भए पनि ४२ जना मात्र उपस्थित रहेका, शिक्षक होमनारायण धिमाल हाजिर गरेर अन्यत्र गएको अनुगमन टोलीले जनाएको छ ।
नगरप्रमुख बुढाथोकीले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जोड दिनुहुदैँ र विद्यालयको स्तरवृद्धि गर्दै विद्यार्थीलाई सरकारी विद्यालयतर्फ आकर्षण गर्ने खालका क्रियाकलाप गर्न सम्बन्धित विद्यालयका प्रधानध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई निर्देशन दिए । सरकारी विद्यालयमा दैनिकजसो विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै नगर प्रमुख बुढाथोकीले त्यसको कारण पहिल्याएर समाधान खोज्नुपर्नेमा जोड दिए।
स्थानीय सरकार भएका कारण मेचीनगर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न कुनै कन्जुस्याइँ नगर्ने उनले प्रतिवद्धता व्यक्त गरे । त्यसका लागि योजना बनाएर नगरपालिकामा आउन विद्यालयलाई सुझाव दिए ।
केही दिन अघि काँकरभिट्टा माबि भित्र समेत नगरप्रमुख ले अनुगमन गरेका थिए । उनले आफु जनताको सेवक बनेर सेवा गर्न आएको हुँदा भुइमान्छे र जनताको सेव ागर्ने र गल्ती गर्ने कसैलाइ नछोड्ने प्रतिकृया दिए ।

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 0 Minutes 516 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।