
मेचीनगर ।। दाेस्राे पटक स्थानीय तहले जनप्रतिनिधि पाएकाे पनि सय दिन पुग्न लागेको छ । सय दिन पुग्दा समेत जनप्रतिनिधि खासै जनताको एजेन्डामा प्रवेश गर्न सकेको पाइदैन् । अघिल्लो कार्याकाल पाच वर्ष वडा तथा नगरपालिकामा बिताएका जनप्रतिनिधि बाट त झन जनताले आमूल परिवर्तन आशा गरेका हुन तर,आफ्नै वडा वरिपरि आखाँले देख्ने गरि कुरुप बन्दा त देख्न नसक्ने जनप्रतिनिधि ले जनताको समस्या कसरी देख्नछन हाेला ?? याे तस्बिर मेचीनगर १५ वडा कार्यालयकाे हाे । जहाँ लामाले समय देखि वडा कार्यालय झाडिले पुरिएको देख्न सकिन्छ तर यसकाे सरसफाइ गर्न खासै ध्यान खिचेकाे छैन् । जसले गर्दा वडा कार्यालय क्षेत्र दुर्गन्धित देखिने गरेकाे स्थानिय बताउँछन् यत्रतत्र फाेहाेर फ्यालिनु काे साथै तारहरु छरपस्ट झुन्डिएको देख्न सकिन्छ ।