२०८० जेष्ठ २२ सोमबार

जताततै फोहोर थुप्रिँदा बिर्तामोड शहर नै दुर्गन्धित

खगेन्द्र घिमिरे÷तस्विर बिजय बराल
पटक पटक फोहोरमैलाको विषयमा आवाज उठिए पनि विर्तामोड सहरको फोहोर लामो समय ब्यवस्थापन हुन नसक्दा दुर्गन्धित बन्न थालेको छ ।
हरेक पटक अस्थायी रुपमा डम्पिङ साईड खोज्दै फोहोर मैला ब्यवस्थापन गर्दै आएको विर्तामोड सहरको फोहोर दुई हप्ता देखि सडक पेटीमा थुप्रिँदै आएको छ
स्थानीय, ब्यापारीले फयाकेको ठाउमा सम्वन्धित निराकार कम्पनिले उठाउन छोडे पछि समस्या देखिन थालेको छ । वर्षा याम भएको कारण थुपारिएको फोहोर यत्र तत्र छरिदा दुर्गन्ध फैलिएको स्थानिय प्रदिप कुमार अग्रवाल बताउँछन ।
विर्तामोड नगरपालिकाले डम्पिङ साईडको ब्यवस्था गर्ने र निराकार कम्पनिले उठाउने गरेको फोहोरमा स्थानियले घर कोठा अनुसार रकम पनि बुझाउने गरेका छन तर कहिले कता कहिले कता डम्पिङ साईड खोज्ने गरेको नगरपालिकाले डम्पिङ साईड वरपरका स्थानियको विरोध आएपछि फोहोर सडक पेटी छेउनै थुप्रिने गरेको छ । निराकार कम्पनिले ट्रयाक्टर मार्फत उठाएको फोहोर बाटैमा स्थानियले रोकिदिए पछि नगरपालिकालाई चिन्ताको विषय थपिएको नगरपालिकाले बताएको छ । यति बेला विर्तामोड नगर पालिका भित्रै दिर्घकालिन ब्यवस्था गर्न सकिन्छ भनेर विर्तामोड नगर कार्यलयमा चर्को बहस हुन थालेको छ । विर्तामोड उद्योग बाणिज्य संघले भने सहर वढे पछि फोहोर स्वभाविक भन्दै नगरपालिकालाई असक्षम भएको आरोप विर्तामोड उद्योग बाणिज्य संघ प्रवत्ता सन्जिव घिमिरे बताउँछन ।
लामो समय देखि झापाको बिर्तामोड क्षेत्रमा देखिएको यो समस्या समाधानका लागि दिर्घकालिन उपाय ल्याउँन नसक्दा जनप्रतिनिधिको चुनावी वाचा प्रति आलोचना गर्दै आएका छन । यो सँगै सडकमा हिडडुल गर्न स्थानीयहरुलाई गन्धले हिड्न गाह्रो हुन थालेको छ ।

 

२०७९ श्रावण २८, शनिबार प्रकाशित 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।