
झापा ।। मेचीनगर ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माध्यमिक विद्यालय को अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयले हरेक तिन तिन महिनामा गर्दै आएको नियमित भेला अनुसार यस पटक आज आज भेलाको आयोजना गरिएको हो । अभिभावक बाट संकलन हुने सुझाव र प्रतिकृयालाई बिद्यालय र बिद्यार्थीको हितमा क्रमश सुधार गर्दै लाने उदेश्यले यो सुरुवात गरिएको विद्यालयका प्रिन्सिप कविन्द्र श्रेष्ठले जानकारी दिनु भयो
अभिभावबाट आएका सुझावहरु क््रमश कार्यन्वयन गर्दै जाने उहाँले बताउँनु भयो । प्रिन्सिपल श्रेष्ठले बिद्यार्थीहरुलाई अनुसासनको बढ्दो अभियासका लागि घरमा रहेका माता पिता प्रति सम्मान ,शारिरिक स्वास्थ्य रहन,विद्यालयमा नियमति पोशाक ,विद्यालय भित्रका अनुसासन सिकाउँदै आएको बताउँनु भयो ।
अभिभावको तर्फबाट पवित्रा न्यौपाने,रिया मगर,बिमला लुइटेल,संगिता घिमिरे लगायतले विद्यालयका सुझाव राख्नु भएको थियो । विद्यालयका अभिभाव साथै सामाजीक अभियान्ता संचारकर्मी खगेन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा भएको भेलाको सभापतित्व अग्रज सन्ध्या भण्डारीले गर्नु भएको कार्यक्रमको संचालन शिक्षिका खिना रेग्मी ले गर्नु भएको थियो ।
सोही अवसमार बिद्यार्थीको क्षमता विकासको लागि चित्रकला साथै वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा सिनियरमा विद्यार्थीको तर्फबाट चित्रकलामा प्रथम सुयोग मण्डल कक्षा ९,द्वितीय रिया मगर कक्षा ७,तृतीय बिक्रम पण्डित कक्षा ६ भएका छन भने जुनियरमा प्रथम रितिका राजबंशी कक्षा ५, द्वितीय सिला मगर कक्षा ५ तृतीय प्रकृति श्रेष्ठ कक्षा ४ भएका हुन । त्यस्तै वक्तृत्वकला जुनियरमा प्रथम अनुष्का अधिकारी कक्षा४, द्वितीय दिप्सना पोख्रेल कक्षा ५, तृतीय दिप्सिका सिला मगर कक्षा ५ भए वक्तृत्वकला सिनियरमा प्रथम दिव्यांका खत्री कक्षा ७ द्वितीय नयन बोहोरा कक्षा १०, तृतीय निसा मगर र प्राश्ना तामाङ्ग कक्षा १० भएका छन । उनीहरुलाई मेडल,प्रमाण पत्र प्रदान गरिएको छ ।