२०८० जेष्ठ २२ सोमबार

हराएकी श्रीमती खोजिदिन श्रीमानले गरे आग्रह


झापा ।। झापा शरणामती ६ निवासी एक महिला घरबाट एका एक हिडेपछि खोजी गरिदिन श्रीमानले आग्रह गरेका छन । स्थानीय ३३ बर्षीय नर्बदा पौडेल गत साउन ११ गते बाट सम्पर्कबिहिन भएपछि श्रीमान मान वहादुर पौडेलले खोजीको लागि अपिल गरेका हुन ।
उनले शरणामती प्रहरी चौकीमा उजुरी समेत हालेका छन । उजुरीमा बिहान आफु नभएको मौका हेरेर घर बाट दुइ छोरा मध्यृ कान्छो छोरा ७ बर्षको शुभम पौडेललाई साथमा लिएर घर बाट दक्षिण तर्फ अपरिचित व्यक्ति सँग बाइकमा हिडेको छिमेकीले देखेको उल्लेख गरेका छन ।
स अघि पनि सो मानिस आफु बिदेशमा भएको समय घरमा आएर जेठो छोरालाई कुटने धम्की दिने,मानव हनन जस्ता कृयाकलाप गरी सहन बाध्य बनाउँने जस्ता कुरा उल्लेख गरिएको छ । श्रीमती हिडेको केही दिनमा उनले फोन गरेर आफुलाई नखोज्नु भन्नुले पनि पिडा थपेको बताउँदै श्रीमती र छोरा खोजीदिन आग्रह गरेका छन । उनले जहा भएपनि उनीहरुलाई सम्पर्कमा आउन आग्रह गरेका छन ।

 

२०७९ श्रावण २४, मंगलवार प्रकाशित 1 Minute 502 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।