२०८० जेष्ठ २२ सोमबार

विद्यार्थीहरु बीच ‘टिकटक प्रतियोगिता’ सम्पन्न

धुलावारी । धुलावारीमा एसईई उत्तीर्ण विद्यार्थीहरु बीच ‘टिकटक प्रतियोगिता’ सम्पन्न भएको छ ।

नेपाल विद्यार्थी संघ मेचीनगर कमिटीको आयोजनामा सोमबार सम्पन्न खुला टिकटक प्रतियोगितामा सय बढी विद्यार्थीहरुको सहभागिता रहेको आयोजक कमिटीका संयोजक सृजित जंग ढुंगानाले जानकारी दिए ।

धुलावारी स्थित पासांग ल्हामू स्मृती प्रतिष्ठानमा आयोजित प्रतियोेगिताकोे नतिजा साउन २७ गते बेलुकी ४ बजे प्रकाशन गरिने आयोजकले बताएको छ ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थी तथा आमन्त्रित कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिएका थिए ।

सोही अवसरमा एसईई ग्रेड वृद्धिमा सहभागी बन्ने विद्यार्थीहरुका निमित्त निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिने समेत घोषणा गरिएको थियो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्बाङ बधाई ज्ञापन तथा सम्मान गरिएको थियो ।

रोशन खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रनित पुडासैनी र साक्षी ओझाले संयुक्तरुपमा गरेका थिए ।

२०७९ श्रावण २३, सोमबार प्रकाशित 0 Minutes 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।