२०७९ मंसिर १३ मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने


झापा, साउन २० । राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेद्बार उठाउने भएको छ । पार्टीको जिल्ला कार्यसमिति बैठकले जिल्लाका ५ वटै निर्वाचन क्षेत्र र १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने निर्णय गरेको हो । यद्यपी उम्मेद्वारको तय भने सम्बन्धीत पालिकाको सिफारिसका आधारमा पछि गरिने सो पार्टीका जिल्ला सचिव प्रकाश पाठकले जानकारी दिए । ईटहरीमा साउन ३० गते हुने प्रदेश भेलापछि रा.स्व.पाले उम्मेद्वारका बिषयमा निर्णय गर्ने तयारी गरेको छ । स्वतन्त्र रुपमा अभियान चलाएका र क्षमता भएका योग्य व्यक्तिलाई समेत पार्टीमा स्थान दिने पार्टीका जिल्ला सभापति उमेश खरेलले बताए । संबैधानिक समाजवादलाई आफ्नो मुख्य एजेण्डा बनाएको पार्टीले भदौको पहिलो साताबाट चुनावी अभियान समेत सुरु गर्ने जनाएको छ ।

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 0 Minutes 616 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार