२०७९ चैत्र १५ बुधबार

राजश्व अनुसन्धानको गाडीको ठक्करबाट कचनकवलमा एउटा गाई र बाछी मर्‍यो

झापा

राजश्व अनुसन्धान कार्यालय इटहरीको स्कोरपियो गाडीको ठक्करबाट एउटा गाई र बाछी मरेको छ ।  मेची राजमार्ग अन्तरगत चाराआली–केचना सडक खण्डको कचनकवल गाउँपालिका– ७ स्थित  बागाडाँगीमा बिहीबार दिउँसो साढे ४ बजे उत्तरबाट दक्षिणतर्फ गइरहेको राजश्व अनुसन्धान कार्यालयको को १ झ ५१६ नम्बरको स्कोरपियो गाडीले सडक किनारमा बाँधिएका चौपायालाई ठक्कर दिई सडक किनारको नालामा गएर पल्टिएको थियो ।
विपरीत दिशाबाट आउँदै गरेको को १ च ८३६६ नम्बरको मारुती भ्यानलाई जोगाउन खोज्दा अनियन्त्रित भएर स्कोरपियोले चौपायालाई ठक्कर दिएको प्रत्यक्षदर्शी एक स्थानीय बताउँछन् ।  गाडीको ठक्करबाट सोही ठाउँका झटकन राजवंशीको एउटा ब्याउने गाई र बाछी घटनास्थलमै मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  दुर्घटनामा परेको गाडीमा चालक रविचन्द्र गिरी र राजश्वका अधिकृत सुरज पौडेल सवार थिए । उनीहरूलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ । अधिकृत पौडेलको घर कचनकवल– ४ केचना हो । उनी घरतर्फ गइरहेका थिए ।

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित 0 Minutes 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार