
खगेन्द्र घिमिरे ।।
बिद्यालयमा प्रधानाध्यापक बाट यौन दुव्र्यवहारका सिकार भएकी महिला शिक्षिकालाइ ‘चरित्रहीन’ को संज्ञा दिन तत्कालिन अध्यक्ष आफै लागेको प्रमाण खुलेको छ
न्याय दिनुको सट्टा उल्टै समाज पिडित शिक्षिकालाइ ‘चरित्रहीन’ को संज्ञा दिन लागेर अभिभावको नामबाट बिद्यालयमा निवेदन पेश भएपछि हाम्रो खोजको बिषय बनेको थियो ।
झापा मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित अरनिको माविमा कार्यरत महिला शिक्षिका करिब २ महिनाअघि सोही विद्यालयका तत्कालीन प्रधानाध्यापक अग्नि घिमिरेबाट ती महिला शिक्षक यौन दुव्र्यवहारको सिकार भएको घटना बाहिर आएको थियो ।
एकल महिलासमेत रहेकी उनी सोही निहुँमा समुदायबाटै अनेक दुःख भोग्नु परेको छ ।यति सम्मकी समुदायका अभिभावकहरूले विद्यालय प्रशासनलाई दबाब दिँदै शिक्षकबाट निष्कासन गर्नुपर्ने माग राख्दै हस्ताक्षर सहित ज्ञापन पत्र बुझाए पत्रमा अपाच्य शब्द यति सम्म लेखिएको भेटियो कि एक पिडित शिक्षिकालाई ‘चरित्रहीन’महिला शिक्षिका सावित गर्न गाउँनै लागेको भेटिएको छ ।
पीडामाथि पीडा थप्ने काम समाजबाट भएको भन्दै ती महिला शिक्षक अहिले न्यायका लागि अनुसन्धान मिडिया समक्ष अपिल गरेसँगै यस बिषयमा खोज भएको थियो । खोजको क्रममा
गरेकी छन्। । अभिभावक चन्द्रकला अधिकारी, डिगबहादुर भट्टराईलगायत ७२ जना उनीविरुद्ध खनिएको भेटियो । उनीहरूले आवश्यक कारबाही गरी पाउँ भन्ने निवेदन
सो निवेदन विद्यालय प्रशासनले दर्तासमेत गरिसकेको बुझिएको छ।’ यदि हाम्रो निवेदन उपर कारबाही नभए हाम्रा छोराछोरी विद्यालय नपठाउने र विद्यालयमा समेत तालाबन्दी गर्ने भनी निवेदनमा लेखिएको छ । निवेदन परे सँगै त्यसको समाधान खोज्नुको सट्टा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष हरि दाहालले राजिनामा दिए ।
राजिनामा किन दिनु भयो भन्ने हाम्रो प्रश्नमा उनले समाधान गर्न नसकेपछि वाक्क भएर राजिनामा दिएको बताए । तर हामी स्थलगत रुपमा अभिभावको घर पुग्यौं ।
बिद्यालयमा निवेदन हाल्न अभिभावकको हस्ताक्षर संकलन गर्न स्वायम अध्यक्ष दाहाल हिडेको प्रमाण फेला परेको छ । स्थानीय पूर्व ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उमाकान्त बरालले आफनोमा अध्यक्ष आएर सादा कागजमा निवेदन हेर्न समेत नदिइ हस्ताक्षर गराएको बताए । उनले अध्यक्ष मार्फत प्राप्त सादा कागजमै अन्य अभिभावकहरुको आफुले हस्ताक्षर गराएको स्विकारेका छन ।
निवेदमा के लेखिएको थियो भन्ने बिषयमा आफुलाई थाहा नभएको र यदि चरित्रहिन शब्द थियो भने गलत भएको बताए । यता, पीडित भने आफूलाई विद्यालयबाट हटाउने प्रयास भइरहेकाले सहयोग गर्न सम्बन्धित पक्षसँग आह्वान गरेकी छन्।
गत जेठमा विद्यालयका तत्कालीन प्रधानाध्यापक घिमिरेबाटै महिला शिक्षक यौन दुव्र्यवहारमा परेको घटना सार्वजनिक भएपछि प्रधानाध्यापकले शिक्षक पदबाटै राजीनामा दिएका थिए । चौतर्फी दबाबका कारण ती महिला शिक्षकले त्यसबेला प्रधानाध्यापकविरुद्ध प्रहरीमा कुनै उजुरी पनि दिइनन्न । उनले हामी सँगको कुराकानीमा आफुले राखेको दुइ वटा कुराहरु राजिनामा र सार्वजनिक रुपमा माफी माग्न आग्रह गरेको बताइन् । दुबै भएपछि आफु सहज रुपमा बिद्यालय आउँदै गरेको समयमा पिडा माथि थप पिडा थप्ने काम भएको प्रति आपति जनाएकी छिन । उनले समाजले लगाएको चरित्रहिन शब्द प्रमाणित गर्न माग गरिन् ।
माविका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्ष दुवैले आज एकै साथ राजिनामा दिनु मा शंका देखिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहाल र शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गा आचार्यले आज एकै साथ आ आफ्नो पदबाट राजिनामा दिनु र अध्यक्ष आफै अभिभावकको मा पुग्नु शिक्षिका निकाल्न दवाव दिन कतै उनको हात त छैन भन्ने प्रश्न आउँन थालेको छ ।