२०७९ चैत्र १५ बुधबार

हिंसा पीडित महिला शिक्षिकालाइ ‘चरित्रहीन’ को संज्ञा दिन सादा कागजमा हस्ताक्षर !

खगेन्द्र घिमिरे
झापा ।। बिद्यालयमा प्रधानाध्यापक बाट यौन दुव्र्यवहारका सिकार भएकी महिलालाई न्याय दिनुको सट्टा उल्टै समाज पिडित शिक्षिकालाइ ‘चरित्रहीन’ को संज्ञा दिन लागेको छ । सान्त्वना, आत्मविश्वास र हौसला प्रदान गर्नुको साटो उल्टै समाजले तिरस्कार गर्न खोजेको एक घटनाले देखाएको छ ।
झापा मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित अरनिको माविमा कार्यरत महिला शिक्षिका करिब २ महिनाअघि सोही विद्यालयका तत्कालीन प्रधानाध्यापक अग्नि घिमिरेबाट ती महिला शिक्षक यौन दुव्र्यवहारको सिकार भइन् ।
एकल महिलासमेत रहेकी उनी सोही निहुँमा समुदायबाटै अनेक दुःख भोग्नु परेको छ ।यति सम्मकी समुदायका अभिभावकहरूले विद्यालय प्रशासनलाई दबाब दिँदै शिक्षकबाट निष्कासन गर्नुपर्ने माग राख्दै हस्ताक्षर सहित ज्ञापन पत्र बुझाए । तर त्यस पत्रमा उनीहरुले लेखेको भाषा हेर्ने हो भने अदालतले समेत कुनै पिडकलाई चरित्र माथि त्यस खालको शब्द उचारण गर्न सक्दैन । एक पिडित शिक्षिकालाई ‘चरित्रहीन’महिला शिक्षिका लेखिरहँदा त्यसका पुष्टि गर्ने आधार के भन्ने सोच्न सकेनन् ।
पीडामाथि पीडा थप्ने काम समाजबाट भएको भन्दै ती महिला शिक्षक अहिले न्यायका लागि अनुसन्धान मिडिया समक्ष सार्वजनिक रूपमै अपिल गरेकी छन्। । अभिभावक चन्द्रकला अधिकारी, डिगबहादुर भट्टराईलगायत ७२ जना उनीविरुद्ध खनिएका छन । उनीहरूले आवश्यक कारबाही गरी पाउँ भन्ने निवेदन साउन १३ गते विद्यालय व्यवस्थापन समिति र मेचीनगर–७ वडा कार्यालयलाई बुझाएका छन ।
सो निवेदन विद्यालय प्रशासनले दर्तासमेत गरिसकेको बुझिएको छ। निवेदनमा हिंसा प्रभावित महिला शिक्षकलाई ‘चरित्रहीन’ को संज्ञा दिइएको छ। निवेदनमा भनिएको छ, ‘महिला शिक्षकलाई स्कुलबाट बर्खास्त गरी शिक्षक–विद्यार्थीको समेत संरक्षण गरी अनुशासित र मर्यादित भई विद्यालय सञ्चालन गर्न गराउन शिक्षक–शिक्षिकाहरूलाई निर्देशन दिन हुन सञ्चालक समितिलाई अनुरोध गर्दछौं। ’ यदि हाम्रो निवेदन उपर कारबाही नभए हाम्रा छोराछोरी विद्यालय नपठाउने र विद्यालयमा समेत तालाबन्दी गर्ने भनी निवेदनमा उल्लेख छ।

अरनिको माविका प्रधानाध्यापक विशाल भट्टराईले विद्यालयको अनुशासन उल्लंघन हुने कुनै पनि काम ती महिला शिक्षकबाट हाल सम्म नभएको बताए । तर निवेदन परे सँगैे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहाल राजिनामा दिएका छन उनले आफुले पटक पटक समस्या समाधानका लागि लागि पर्दा पनि कुनै उपाय नलागेकै कारण राजिनामा दिएको बताउँछन ।
तर घटना क्रमले ठिक अर्को रुप देखाइदिएको छ । बिद्यालयमा निवेदन हाल्न अभिभावकको हस्ताक्षर संकलन गर्न स्वायम अध्यक्ष दाहाल हिडेको प्रमाण फेला परेको छ । स्थानीय पूर्व ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उमाकान्त बरालले आफनोमा अध्यक्ष आएर सादा कागजमा निवेदन हेर्न समेत नदिइ हस्ताक्षर गराएको बताए । उनले अध्यक्ष मार्फत प्राप्त सादा कागजमै अन्य अभिभावकहरुको आफुले हस्ताक्षर गराएको स्विकारेका छन ।
निवेदमा के लेखिएको थियो भन्ने बिषयमा आफुलाई थाहा नभएको र यदि चरित्रहिन शब्द थियो भने गलत भएको बताए । यता, पीडित भने आफूलाई विद्यालयबाट हटाउने प्रयास भइरहेकाले सहयोग गर्न सम्बन्धित पक्षसँग आह्वान गरेकी छन्।
गत जेठमा विद्यालयका तत्कालीन प्रधानाध्यापक घिमिरेबाटै महिला शिक्षक यौन दुव्र्यवहारमा परेको घटना सार्वजनिक भएपछि प्रधानाध्यापकले शिक्षक पदबाटै राजीनामा दिएका थिए । चौतर्फी दबाबका कारण ती महिला शिक्षकले त्यसबेला प्रधानाध्यापकविरुद्ध प्रहरीमा कुनै उजुरी पनि दिइनन्न । उनले हामी सँगको कुराकानीमा आफुले राखेको दुइ वटा कुराहरु राजिनामा र सार्वजनिक रुपमा माफी माग्न आग्रह गरेको बताइन् । दुबै भएपछि आफु सहज रुपमा बिद्यालय आउँदै गरेको समयमा पिडा माथि थप पिडा थप्ने काम भएको प्रति आपति जनाएकी छिन । उनले समाजले लगाएको चरित्रहिन शब्द प्रमाणित गर्न माग गरिन् ।
माविका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्ष दुवैले आज एकै साथ राजिनामा दिनु मा शंका देखिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहाल र शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गा आचार्यले आज एकै साथ आ आफ्नो पदबाट राजिनामा दिनु र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफै अभिभावकको मा पुग्नु शिक्षिका निकाल्न दवाव दिन कतै उनको हात त छैन भन्ने प्रश्न आउँन थालेको छ ।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 0 Minutes 442 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार