
काठमाडौं । नेपालमा पहिलोपटक ‘क्यारम च्याम्पियन’ काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा झापाका अशोक तामाङ प्रथम भएका छन् । उनले नगद ५० हजार प्राप्त गरेका हुन ।
प्रतियोगितामा दोस्रो झापाकै विशेष ढकाल, तेस्रो काभे्रेका करण मगर र सान्तवना ललितपुरका कविन सुनुवाल भएका छन् । बिजेताहरूलाई खेलकुद मन्त्री महेश्वर गहतराज र अन्तराष्ट्रिय क्यारम फेडेरेसनका महासचिव भिभेक देस नारानले नगद पुरस्कार ट्रफी र प्रमाण पत्र वितरण गरे । यस्तै, दोस्रो हुनेलाई २५ हजार, तेस्रोलाई १५ हजार र सान्त्वनालाई १० हजार नगदसहित ट्रफी र प्रमाण वितरण गरिएको थियो ।
अल नेपाल क्यारम एसोसिएसनको आयोजनमा साउन १३ र १४ गते काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा देशभरका एक सय प्रतियोगीहरूको सहभागिता भएको संस्थाका अध्यक्ष विनिता अर्यालले बताइन् ।ेकरिव १८ लाखको लागतमा सम्पन्न प्रतियोगिता सुरेन्द्र ढकाल फाउण्डेसनले एक लाख र उपसेनानी सौभाग्य देउजा स्मृति प्रतिष्ठानले ५० हजार वरावरको टी–सर्ट सहयोग गरेको र अन्य रकम आन्तरिक ढंगबाट व्यवस्थापन गरिएको संस्थाका प्रेस संयोजक ईश्वर अर्यालले बताए ।
संस्थाले आगामी अक्टोवरमा मलेसियामा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागि हुने तयारी गर्दै गरेको समेत जानकारी गराएको छ ।
खेलकुदको रुपमा ग्रहण नगरिएको क्यारमलाई संस्थागत गर्दै नेपालसहित विश्वमा पहिचान गराउने र लुकेका प्रतिभाहरूको उजागर गर्ने अभिप्रायले संस्थाको सुरु भएको अध्यक्ष अर्यालले बताईन् । संस्थालाई आगामी दिनमा देशका सबै जिल्ला र प्रदेश स्तरसम्म गठन र पुनर्गठन गर्ने पनि अध्यक्ष अर्यालले बताए ।
नेपालमा पहिलोपटक एसोसियसनद्धारा राष्ट्रिय क्यारेम च्याम्पियन्स कार्यक्रम साउन १३ र १४ गते राष्ट्रिय टेवल टेनिस हल लैनचौरमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अथिति युवा तथा खेलकुदमन्त्री महेस्वर जंग गहतराज (अथक) तथा राखेपका सदस्य सचिव टंक लाल घिसिङ, सुरेन्द्र ढकाल फाउण्डेशनका अध्यक्ष सुरेन्द्र ढकाल लगायतको आथित्यतामा उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो ।
समापन कार्यक्रम खेलमा बिश्वकप क्यारेम एसोसियसनका महासचिव बिबेक देश नारायण, बंगाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एसोसेसन पश्चिम बंगालका सचिव संजिब धोसले समापन तथा पुरस्कार बितरण गर्दै खेलाडीहरुले क्यरेम खेलमा आफ्नो उच्च मनोबलका साथ बिश्व कपमा नेपालले उत्कृष्ट नतिजा ल्याउनेमा आफु आसावादी रहेको बिश्व कप क्यारेम एसोसियसनका महासचिव बिबेक देश नारायणले ब्यक्त गरेका थिए ।
अन्तराष्टिय बिश्व कप क्यारेममा नेपालको तर्फवाट विश्व कपमा सहभागी हुने नेपाली खेलाडीहरुलाई अल नेपाल क्यारेम एसोसिशनकी अध्यक्ष बिनिता अर्यालले बधाई तथा शुभकामना दिदै कार्यक्रमा साथ सह्योग गर्नु हुने सम्पूणमा धन्यबाद ज्ञापन गरेकी थिइन् ।
बिभिन्न व्यक्तित्वहरुले मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन सुस्मा कार्की र समापन हरि तामाङ गरेका थिए ।