२०७९ मंसिर ११ आईतवार

तार्केश्वर घटना : बेलायत उड्ने सुनिताकाे सपना श्रीमानले राेपेकाे छुराले सकिदियाे 

साेमबार काठमाडाैंकाे तारकेश्वर नगरपालिका– २ पदमसालमा एकै परिवारका चार जनाको शव वीभत्स अवस्थामा भेटियाे।

गोरखाको भीमसेन थापा गाउँपालिका– ६ अश्राङ स्थायी घर भई विगत चार वर्षदेखि काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डे, उनकी पत्नी सुनीता काप्री (पाण्डे), ११ वर्षका छोरी आशिका र ७ वर्षकी छोरा आशिकको शव एउटा कोठामा भेटिएको हाे।

आशिक काभ्रेस्थलीकाै युनाइटेड स्कुलमा पढ्थे भने छोरी आशिका आर्मी स्कुलमा पढ्ने गर्थिन्। सधैँझै सोमबार पनि आशिकालाई लिन आर्मी स्कुलको गाडी घर अगाडि आयाे। तर, उनी बाहिर आइनन्। नजिकै घर भएका साथीले बोलाउँदा पनि काेही नबाेलेपछि स्थानीय भेला भएका थिए।

करिब १२ वर्ष वैदेशिक रोजगारीका सिलसिलामा कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए, दिनेश तर  सुनिता भने दुई दिनपछि बेलायत उड्ने तयारीमा थिइन्। तर, उनकाे सपना अधुराै रह्याे। उनकाे सपना उनीसँगै मरेर गयाे।

स्थानीयवासीका अनुसार दिनेश र सुनिताबीच पछिल्लो समय पारिवारिक विवाद हुने गरेको थियो। उनीहरूले मिलाउने प्नयास पनि गरेका थिए तर उक्त विषय प्रहरी समक्ष पुगेकाे थियाे। तर, विवाद नमिलेपछि दिनेशले सम्बन्धविच्छेद मागेका थिए। तर, सुनिताले भने छोराछोरीका लागि भए पनि सम्बन्धविच्छेद नगर्ने बताएकी थिइन्।

घरमा विवाद चलिरहेकाै थियाे, यसै क्रममा दिनेशले घर बेच्न खोजे तर सुनिताले मानिनन्। जसले गर्दा विवाद झन् उग्र बन्याे। घर बेच्ने कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिई दिनेशले घर बेच्न १० लाख बैना गरे। र, सोही घर धितो राखेर बैंकबाट १८ लाख ऋण पनि लिए।

उनीले पारिवारिक विवादलाई वेवास्ता गर्दै बेलायतको सिजनल भिसाका लागि निवेदन दिएकी थिइन्, उनको भिसा पनि आयो यसकाै लागि उनले चलाउदै आएकाे फेन्सी पसल बेचिन् र सहकारीमा राखेको रकम झिकेर खाता बन्द गरिन्। उनी दुईपछि बेलायत जाने तयारीमा थिइन्, तर बेलायत  जाने तयारी हुँदै गर्दा परिवार नै सखाप बन्न पुग्याे।

घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेकाे छ।

२०७९ श्रावण १६, सोमबार प्रकाशित 0 Minutes 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार