२०७९ चैत्र १६ बिहीबार

यसरी हुन्छ काकडभिट्टाबाट अवैध कपडा र जुत्ता तस्करी

झापा ,१५ साउन । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कपडा र जुत्ता प्रहरीले बरामद गरेको छ । आज मेचीनगर ६ गैरी गाउँबाट प्रहरीले १ लाख ६६ हजार बराबरको अवैध सामग्री बरामत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज विहान १०:३० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर –६ गैरी गाँउमा नेपाल तर्फ ल्याउदैं गरेको १ लाख ६ हजार बराबरको साडी, कुर्था सुरुवाल, कुर्ती, लेगिज,सटको थान कपडाहरु र साँझ ५ बजेको समयमा नेपाल ल्याउदै गरेको ६० हजार बराबरको स्पोर्टस सुज बरामत गरिएको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उक्त बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको झापा प्रहरीले जनाएको छ ।

२०७९ श्रावण १५, आईतवार प्रकाशित 0 Minutes 542 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार