२०७९ चैत्र १५ बुधबार

अब खेलाडीले पाउने भए पचिस हजार..

अभिषेक दवाडी ..

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गतेदेखि आयोजना हुदैछ । कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र एक एनआरएनएको टिम गरि ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । कुल ३६ खेलमा सहभागी टिमका खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजक युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि गठित कार्यकारी समितिका सदस्य सचिव फनिन्द्र पौडेलले नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धामा स्वर्ण विजेता खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको बताए । टिम इभेन्ट्सका स्वर्ण पदक विजेताले भने जनही १४ हजार रुपैयाँ प्राप्त गर्नेछन् 

प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् उनले बताएका छन। राष्ट्रिय प्रतियोगिताको स्वर्ण पदक विजेता खेलाडीलाई नगदको व्यवस्था गरेपनि रजत र कास्य पदकको विषयमा कुनै निर्णय भएको छैन ।

पछिल्लो निर्णय अनुसार स्वर्ण पदक विजेता खेलाडीले मात्र नगद पुरस्कार प्राप्त गर्नेछन् । नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक स्वर्ण पदक विजेता खेलाडीको आधारमा उपाधिको छिनोफानो हुनेछ । सर्वाधिक स्वर्ण पदक जित्ने टिमलाई १० लाख रुपैयाँ बराबरको आकर्षक ट्रफी प्रदान गरिने राखेपले जनाएको छ ।

प्रतियोगितामा करिब ७ हजार खेलाडी, १२ सय प्रशिक्षक र हजार जना निर्णायक सहभागी हुने भन्ने अनुमान गरिएको छ ।

२०७९ श्रावण ७, शनिबार प्रकाशित 0 Minutes 182 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार