
खगेन्द्र खरो
भ्mापा निक्कै तामझामका साथ निमार्ण सुरु भएको काँकरभिट्टा स्थित भ्यु टावर अहिले अलपत्र अवस्थामा रहेको छ ।
जनताको आवश्यकता भन्दा पनि अनाश्यक रुपमा मेची नजिकै भ्युटावर बनाउँन भनेर नगरपालिकाले ६ करोड ४५ लाख २६ हजार रुपैयाको लागत इस्टिमेट तयार गरी निर्णण व्यवसायीलाई ३ कोड ६९ लाख ८६ हजार रुपैयाको सम्झौता गरेको महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख देखिन्छ ।
मेचीनगर नगरपालिकाले काँकरभिट्टामा भ्युटावर बनाउँन व्यवसायीलाइ निमय बिपरित ६५ लाख ९८ हजार रुपैया पेश्की दिएको पाइएको हो । हाल अलपत्र अवस्थामा रहेको भ्यु टावर किन भन्ने प्रश्न उत्पन्न भइरहेको छ । बहुवर्षीय आयोजनाको रुपमा संचालन हुने सर्त राखी निमार्ण व्यवसायी सँगको सम्झौता गरेको देखिन्छ । तर संघीय सरकारबाट रकम आउने सुनिश्चित नभएको प्रतिवेदनमा उल्लेख छ ।
मेचीनगरमा निमार्ण हुँदै गरेको यो भ्यु टावर को पेश्की नियम बिपति दिन नगरपालिका भित्र क कस्को मिलेमतो देखिन्छ भन्ने खोजको बिषय बनेको छ ।
देश भर निमार्ण भइरहेका भ्यु टावरको बिषयमा बिरुद आइरहेका छन ।