२०७९ चैत्र १५ बुधबार

अधुरो खेल जिवनलाई पुर्णता दिदै काफ्ले..

अभिषेक दवाडी ।
लामो समय देखि निरन्तर रुपमा कराते खेलको बिकासमा लागिरहेका पुर्वका चिर-परिचित ब्यक्ती हुन, कराते प्रशिक्षक मुक्ति नाथ काफ्ले ( मुक्ति )।

२०४३ सालमा बुवा जय नारायण काफ्ले र माता जमुना काफ्लेका कोखबाट जन्मिएका मुक्ति यति बेला पनि कराते खेललाई नै आफ्नो पेसा बनाएका छन ।

२०५५ साल तिर देखि राजु सिवाकोटी र केदार ढकालले प्रशिक्षण गराएर त्यस बेला पुर्वका उत्कृष्ट खेलाडी मध्येका एक हुन उनी पनि । खेल प्रदर्सन गर्नेमा उनि त्यसबेलाका राइजिङ स्टार थिए। उक्तबेला बाङ्लादेश , भुटान र भारत का विभिन्न राज्य मा गएर आफ्नो खेल प्रदशन गरिसकेको छन ।

सानै देखि खेलमा रुचि राख्ने काफ्ले त्यति बेला आर्थिक स्थितिका कारण राम्रो खेलाडी बन्न बाट बन्चित हुनु पर्यो उनि बताउछन। त्यतिबेला राम्रो डाइट र घर बाट सपोट भै दिएको भए म अहिले राम्रो खेलाडी भैसकेको हुन्थे।

उनले आफ्नो आर्थिक स्तिथी कै कारण २० वर्षको कलिलो उमेर मै ८ वर्ष सम्म दुबईमा फ्रुट्स एन्ड भेजिटेबल सप्लायरको काम समेत गरे भन्नु हुन्छ ।

अहिले पछिल्लो समय भने, उनी २०७२ साल जेठ देखि एता , ६ बर्षको अन्तरालमा २० जना भन्दा बढी ब्ल्याक बेल्ट कराते खेलाडी जन्माइ सकेका छन। उनी भन्छन , स्थानीय तहबाट पनि धेरै – थोरै जति सहयोग भयो भने पनि म कराते खेललाई धेरै अगाडि बढाउने साथै थुप्रै र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु बनाउने थिए।

अहिले दैनिकी १५० बढी खेलाडीलाई निरन्तर रुम मा बिहान र बेलुका गरेर मेचिनगर ७ स्थित इटाभट्टा, अधेरी स्कुल, आदर्श मा.वी, लोफोफरस इङलिस बोर्डिङ स्कुल लगायत का ठाउँ मा निरन्तर तालिम गराउने गर्छन । उनी भन्छन मैले गर्न नसकेको रहरहरु मेरा खेलाडीहरुले पूरा गर्ने छन।

घरमा आमा श्रीमति साथै दुई छोरी छन भने, उनी बिहान बेलुका कराते प्रशिक्षण मा ब्यस्त रहन्छन । उनी बताउँछन् पैसा त त्यस्तै हो गुरु बनेर नाम चाहिँ कमाएको छु।

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 447 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार