
अभिशेक दवाडी
नेपाल मगर संघ मेचिनगरले महिला मगर समूह गठन गरेको छ । नेपाल मगर संघ द्वारा आयोजित एक दिवसीय कार्यक्रममा मगर महिला समूह गठन गरेको हो। उक्त कार्यक्रम मेचिनगर ८ स्थित पतन प्रनी कल्याणकारी बौद्ध बिहार गुम्बा आयाबारीमा सम्पन्न भयेको हो।
सो कार्यक्रमका सभापति रुपेस मगर थिये भने प्रमुख अतिथि धन बहादुर राना मगर थिये । त्यसैगरि अतिथि हरु मा बासु सिजाली, शशी मगर, रोमा थापा मगर लगायेत थिये।
कार्यक्रममा मन्तव्य बासु सिध्याली , शशी मगर र रोमा थापा मगर ले विभिन्न विषयमा जस्तै मगर महिला समूह कसरी अगाडी बढाउने सकिन्छ भन्ने विषयमा आफ्नो आफ्नो मन्तव्य राखेका थिये भने कार्यक्रमको संचालन लक्ष्मन मगर ले गरेका थिए ।
।
साथै सोही दिन नेपाल मगर संघ मेचिनगरले महिला मगर समूह समेत गठन गरेको थियो । महिला मगर संघ को अध्यक्ष मा रोमा थापा मगर , उपाध्यक्षमा माया मगर, सचिवमा पुनम आले मगर, कोषअध्यक्ष मा कविता मगर, सदस्य हरु मा जनम थापा मगर , कमला खप्तरी मगर, निर्मला मगर, देविका राना मगर, चन्द्रकला आले मगर , दुम माया राना मगर मनोनित भयेका थिए ।
सलाह्कार सदस्यमा धन बहादुर मगर, बासु सिजालि मगर, रुपेस मगर, शशी राई मगर रहेका छन।