२०७९ चैत्र १६ बिहीबार

मेचीनगरलाई महालेखाको प्रश्न : फिर्ता नभएको ढुंगागिटी रसिदको १८ लाख कता हरायो ?  

whatsapp sharing button
messenger sharing button
print sharing button

मेचीनगर, ५ साउन । मेचीनगर नगरपालिकाको ढुंगागिटी रसिद काण्डका बारेमा महालेखा परीक्षकको प्रतिवेदनले ‘फिर्ता नभएका सबै रसिदको आय यकिन गरी राजस्व उठाउन’ निर्देशन दिएको छ ।

मेचीनगर नगरपालिकाले गत आवमा स्थानीय नदीहरुबाट उत्खनन हुने ढुंगागिटी र बालुवाको निकासी कर संकलन गर्न कार्यपालिका सदस्य, वडाध्यक्ष र नगर प्रहरीलाई जिम्मा दिएको थियो ।

तर, नगरपालिकाबाट लगिएका रसिदहरु कर उठाउन प्रयोग भए तापनि ती सबै रसिद र राजस्व पालिकामा बुझाइएको थिएन । यही विषयलाई ‘महालेखा परीक्षकको प्रतिवेदन २०७९’ मा उल्लेख गर्दै सबै रसिदको विवरणसहित पालिकामा नबुझाइएका रसिदको अवस्था यकिन गरी राजस्व असुल गर्न सुझाव दिइएको छ ।

प्रतिवेदनका अनुसार कार्यपालिका सदस्य, वडाध्यक्ष र नगर प्रहरीले नगदी रसिद बुझेर नदीजन्य पदार्थ निकासीको कर संकलन गर्दा सबै रसिदको आय यकिन नगरेको र दोहोरो रसिद नम्बर राखी (एउटै नम्बरका दुई खाले रसिद) रकम संकलन गरेको उल्लेख छ ।

नगरपालिकाले आन्तरिक छानविन गर्दा एक सदस्यले १८ लाख ७५ हजार रुपैयाँ कर उठाएको रसिद फिर्ता नगरेको देखिएको र त्यो रकम समेत नगरपालिकाले असुल नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

ढुंगागिटी र बालुवाको निकासी कर उठाउन नगदी रसिदको जिम्मेवारी लिएर राजस्व नबुझाउने वडाध्यक्ष हाल नगरको एक पार्टीका सभापति छन् भने कार्यपालिका सदस्य अर्को एक दलका जिल्ला सदस्य छन् ।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 0 Minutes 304 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार