
अभिषेक दवाडी ।
लामो समयदेखि उच्च प्रदर्शन गर्दै आएका खेलाडीलाई पार गर्दै रोजन खड्का राष्ट्रिय च्याम्पियनका रुपमा उदाएका छन् । नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफका खेलाडी रहेको समूहलाइ पनि पछाडी पार्दै उनी नयाँ च्याम्पियन का रुप् मा उदायेका हुन् । प्रथम् कृष्ण प्रसाद् भट्टराइ राष्ट्रिय कराते प्रतियोगितामा चयाम्प्यन साथ् साथै उत्कृस्ट् खेलाडि भर्खरै मात्रै भयेका छन्
रोजन तिनै खेलाडी हुन्, जसले आठौं राष्ट्रिय खेलकुदमा कास्य पदकमात्रै हात् पार्न् सफल् भयेका थिए भने त्यसपछि उनी १३ औँ सागको प्रशिक्षणमा समेत छनोट भएका थिए। झन् मेहनत गरे र यसपटक च्याम्पियनको हैसियतमा घर फर्केका छन्। रोजन् भन्छन् विभागीय खेलाडीको रास्ट्र गेम् मा दबदबा रहने गरेको छ् म् त्यो तोड्न् चाहान्छु ।
रोजन विकास चौधरी र गोविन्द विशंखेले प्रशिक्षण दिएर तयार पारेका खेलाडी हुन्। बि स् २०५६ साल् लेटाङमा जन्मिएका रोजन मोरङ सुन्दरहरैचाँ नगरपालिका वडा नम्बर–४ दुलाबारीमा बस्छन्। उनले कराँते खेल्न थालेको एक दशक नाघिसकेको छ। तर, खेल जीवनको सुरुवातमा कराँते खेलाडी बन्छु भन्ने उनले सोचेका थिएनन्। रहरले उनलाई कराँते खेलाडी बनायो।
रोजनको अबको लक्ष्य छ अझै राम्रो गर्दै एशियन गेम्स्मा छनोट हुने। रोजन भन्छन्, सबै खेलाडीको लक्ष्य राष्ट्रिय विजेता हुने हुन्छ। मेरो पनि थियो। त्यो पूरा गरेँ। तर, अब देशको लागि मेडल ल्याउन चाहन्छु। पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेपछि उनमा खुसीको सीमा नाघेको छ् ।