
झापा ।। नेकपा एस मेचिनगरका उपाध्यक्ष चेतन बिस्ट सहित दुई दर्जन बढी नेकपा एमाले मा समाहित भएका छन् । नगर सदस्य रमेस राई र युवा संघका नगर कमिटी सचिब कृष्ण राजबंशी सहित मेनपा वडा नं १५ नेकपा एसका सबै कमिटी नेकपा एमालेमा समाहित भएको हाे । नेकपा एस १५ का अध्यक्ष प्रकासदिप सोरेन उपाध्यक्ष कल्याणकुमार मगर,र कृष्ण दाहाल सचिब रुहिदास राजबंशी तथा युवा संघ वडा अध्यक्ष रोहित कट्टेल सहित २५ जनाको कमिटी आज एक कार्यक्रमको बिच समाहित भएको हो। सोही कार्यक्रममा राप्रपाबाट उमाकान्त गाैतम, काग्रेस बाट जग्गनाथ कट्टेल पनि एमाले प्रबेस गरेका छन। मेनपा १५ सहिद बिरेन प्रतिस्ठानमा एमाले वडा अध्यक्ष मुरलीधर कोइरलाको अध्यक्षतामा भएको कार्यक्रममा
नेकपा एमाले केन्द्रिय कमिटी सदस्य रबिन कोइरला प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनाली, नगर इन्चार्ज देबकुमार राई, नगर अध्यक्ष राजु पोख्रेल केन्द्रिय सल्लाकार परिसद सदस्य भिम खवास लगायत नेताहरुको उपस्थिती रहेको थियो