२०७९ चैत्र १५ बुधबार

चुनाव ! कतै रमाइलो कतै नरमाइलो 

✍️प्रहार ( टोक्यो शिन्जुकु )
     ब्यस्तताका कारण होला सायद जापानका मान्छेहरु धेरै लामो समय गफ गरेर बसेको देखिदैन । चोकचोकमा क्यारेम्बोर्ड खेलेर वा घुम्ति पसलहरुमा चिया गफ गर्दै देश तथा बिदेशको गनथन गरेको पाइदैन । बरु कामकै सिलसिलामा परिचित भएका मान्छेहरु कामको ब्रेक टाइममा भने आत्मियताका साथ केहि बेर गफ गर्ने गर्छन । यस्तैमा मेरो काम गर्ने ठाउका सङ्गै काम गर्ने जापानीज साथी र म हिजोको ब्रेकमा सङ्गै परियो । जापानमा हिजो मात्र चुनाव भएकोले मलाइ पनि चुनाव सङ सम्बन्धित गफ गर्न मन लागेर मैले उसलाइ सोधे अनि हिजो त भोट हाल्न गैनस ? ?  उसले गैन मलाइ यो भोट हाल्ने कुरामा खासै मतलब लाग्दैन अनि फेरि हिजो मेरो काम पनि थियो काम छोडेर का भोट हाल्न जानु, भनेर जवाफ दियो । मलाइ अचम्म लाग्यो र मैले भने तिमिहरुको देशको चुनाव त नरमाइलो हुदो रैछ कति बेला चुनाव आयो कतिबेला चुनाव सकियो हामिलाइ त परै जाओस तिमिहरुलाइ पनि थाहा नै नहुने अनि मतलब नै नलाग्ने हुदो रैछ । मैले तेति भन्ना साथ तिमिहरुको देशको चुनाव चै कस्तो हुन्छ नि भनेर सोधिहाल्यो ।
                हाम्रो देशको चुनाव त यस्तो हुदैन । हाम्रो देशमा चुनाव आउदा लगबग दुइ महिना अघिबाट चहल पहल सुरु हुन्छ । चुनाव आउनु अघि  उमेद्वार को को उठने भनेर एक पटक हल्लिखल्लि हुन्छ । उमेद्वार हुनेको तछाड मछाड पनि हुन्छ, जब उमेद्वार कन्फम हुन्छ र उमेद्वारीको टिकट पाउछ अनि गाउ टोल सहर बजार सबै तिर एक एक घर गर्दै भोट माग्न हिडछन । लाखौको झण्डा छापिन्छ जसमा उमेद्वारले पाएको चुनाव चिन्न भएको हुन्छ तेस्तै गरि फोटो सहितको ब्यानर र पर्चा पनि लाखौको छपाइन्छ अनि गल्लि गल्लिमा ति ब्यानर लगाउदै पर्चा फाल्दै हिडिन्छ । जुलुस लगाइन्छ हरेक दिन । चुनावको दशै नेतालाइ जति लाग्छ तेसको चौगुणा चुनावको दशै जनतालाइ लाग्ने गर्छ । उमेद्वार १०-१५ जना हुन्छन तर नेता भने सबै हुने गर्छ्न । सबै राजनीतिज्ञ भैदिन्छ्न त्यो बेला । ठुला ठुला भाषण सहितको ठुलो ठुलो आमसभा गरिन्छ । जता जता भोट माग्न जाने हो तेता जानका लागि कार्यकर्ता अनि जनताकालागि सवारी साधन र खाना खाजा सबैको ब्यवस्था गरिन्छ । मोटरसाइकलमा तेल हाल्ने ब्यावस्था पनि गरिन्छ । बिध्यार्थीहरुको स्कुल र कलेज त चुनाव आउनु हप्ता दिन अघिबाटै बिदा हुन्छ । चुनावको प्रचार प्रसारमा जानका लागि जनताहरु हरेक दिन आफ्नो घरको काम, ब्यावसायको काम अनि कार्यलयको काम समेत छोडेर घाम पानी नभनि चुनावी गित बजाएर प्रचार प्रसारमा नाच्दै गाउदै हिडने गर्छन । ठुला ठुला साउण्ड पारेर बजाइएको चुनावि गितले कसैलाइ डिस्टर्ब गर्दैन, बरु सबै नाच्न हतारिन्छन यस्तो लाग्छ बर्षौ देखि घरमा गुम्सिएर चुनाव लागेपछि नाच्न कै निम्ति हिडेको जस्तो । हाम्रो लागि त चुनाव भनेको एउटा उत्सव नै हो । एउटा उमेद्वार जिताउन गाउशहरका सबै एक जुट भएर लागि पर्छौ ।
               तर यहा त ति सब कुरा मैले कहिल्यै देखिन न त झण्डा घर घरमा वा चोक चोकमा लगाइयो न त कुनै दिन जुलुस लगाएर सडक सडकमा नाच्दै गाउदै हिडेक देखियो नत मतदातालाइ चुनाव चिन्न अङ्कित टोपि टिसर्ट नै बितरण गरियो नत चुनावको दिन सार्वजनिक बिदा नै गरियो, नत चुनावका दिन मतदातालाइ खाजा खाने कुपनको ब्यवस्था नै गरियो, न त मतदातालाइ घर घरबाट सवारिमा हालेर मतदान केन्द्र सम्म लाने ब्यावस्था नै गरियो तेति मात्र कहा होर यहा त सामाजिक सन्जाल फेशबुक तथा टिकटकमा चुनाव नै लाग्दैन रैछ हाम्रोमा त सामाजिक सन्जालबाटै आधा भन्दा बढि भोट मागिन्छ प्रचार प्रसार गरिन्छ र अन्य बिपक्षिको बिरोध पनि त्यहि बाट गरिन्छ । अनि तिमिहरुको जस्तो लाटो सोझो तरिकाले पनि चुनाव हुन्छ त ? भनेर मैले नै उसलाइ सोधे । उसले पनि छक्क पर्दै ओहो तेस्तो रमाइलो हुन्छ है भन्दै प्रस्न गर्यो अनि ति सब कुराको खर्च चै कस्ले दिन्छ नि ? अनि म भन्छु नेपालमा त उमेद्वार हुन प्रसस्त धन भएको मान्छे चाहिन्छ कुनै मान्छे राम्रो छ शिक्षित छ बिकासका अवधारणा छ तर चुनावको लागि गर्न सक्ने खर्च छैन भने उ उमेद्वार हुन सक्दैन किनकि चुनाव खर्च केहि आफ्नो पार्टिबाट प्राप्त हुन्छ भने बाकि सम्पुर्ण खर्च उमेद्वार आफैले गर्नु पर्छ । यति खर्च हुन्छ कि हाम्रो देशको सम्पुर्ण उमेद्वारको खर्च हिसाब गर्ने हो भने एक आर्थिक बर्षको बजेट भन्दा धेरै हुन्छ । अर्थात एउटा उमेद्वारले चुनावि प्रचार प्रसारम भएको खर्च जितेर ५ बर्ष कार्यकालमा रहेर तलब खादा पनि त्यो खर्च पुरताल गर्न सक्दैन ।
                  उ छक्क परेर मलाइ हेरेको हेरै हुन्छ अनि किन उठनु त उसो भए चुनावमा उमेद्वार भनेर प्रस्न गर्छ त्यो प्रस्नको उत्तर दिन म आफै अकमकिन्छु र उसले आफै भन्छ तिमिहरुको देश बिकास नहुनुको कारण यहि हो जनताले नबुझेर । अब उसले आफ्नो खर्च उठाउनलाइ भए पनि भ्रष्टाचार गर्छ अनि कसरी देश बिकास हुन्छ त भन्दै म तिर हेर्छ म पनि सायद होला नि त भनेर टाउको मात्र हल्लाउछु । उ भन्दै जान्छ चुनावमा हामी जनताले भोट हाल्ने अधिकार छ तर भोट हाल्नै पर्छ भन्ने बाध्यता छैन हामी काम गर्छौ नेताको पछि जुलुस र झण्डा बोकेर हिडदैनौ । चुनावमा जनता भेला पारेर भाषण गरेर खुवाएर उनिहरुको समेत समय बर्वाद पार्नु भनेको नेताको खर्च मात्र भएको हैन उत्पादनशिल जनतालाइ चुनावको प्रचार प्रसारमा अलमलाएर  देशलाइ अझ कमजोर बनाउनु मात्र हो । यहा चुनाव ताका नेताहरु मात्र गाडिमा बोल्दै हिडछन कोहि कोहि ठाउमा उमेद्वारको बोर्ड लगाउछन अनि कुनै कुनै ठाउमा सामान्य भाषण कार्यक्रम मात्र हुन्छ तेसमा पनि जनताको खासै उपस्थीति रहदैन र रहेका लाइ पनि खाजा खाना खुवाइदैन् । चुनाव आउछ भोट माग्छन भोट दिनेले दिन्छन नदिनेले दिदैनन तर जतिले भोट हाल्छन राम्रै मान्छेलाइ भोट हालेर जिताउछन सक्कियो तेत्ति हो यहा त भनेर थप्छन । अनि म भन्छु त्यहि भएर त तिमिहरुको देशको नरमाइलो अनि हाम्रो देशको चुनाव रमाइलो किनकि तिमिहरु चुनावमा भोट हाल्न गएनौ किन भन्दा काम थियो हाम्रोमा सबै कार्यालय ब्यावसाय यहा सम्म कि यातायात बिदा र बन्द हुन्छ त्यो दिन कोहि बिरामि भयो भने उ मर्न पनि सक्छ अस्पतालमा डाक्टर हुदैनन सबै भोट हाल्न गएका हुन्छन तेति मात्र हैन हाम्रोमा भोट हाल्न नगएर घरै बसिएको छ वा हिडन नसक्ने अवस्था छ भने पार्टिका मान्छे घरमै गाडि लिएर आउछन र भोट हाल्न लैजान्छन । चुनाव त रमाइलो रमाइलो मै सकिन्छ तेस पछि आउछ बिजय जुलुस त्यो त झन भब्य जुलुस, भाषण अनि खानपिनको दरो पार्टि सहित हुने गर्छ त्यो बिजय जुलुस र सपथ ग्रहण गर्ने काम पनि झण्डै एक हप्ता जस्तो चल्छ । चार्ड पर्व आउदा ३-४ दिन मै सकिन्छ र आफ्नो काममा फिर्ता जानु पर्छ तर चुनाव आउदा एक महिना त महोत्सव नै हुन्छ ।  तेसैले हाम्रो देशको चुनाव धेरै रमाइलो छ ।
                  धेरै बेर सम्म मेरो कुरा सुनिरहेको जापानीज साथीले भन्छ तिमिहरु त्यहि चुनावको रमाइलोमा ५ बर्ष अल्झेर बस्छौ । चुनावमा मासु भात खान्छौ, निशुल्कमा घुम्छौ, झण्डा बोल्छौ जसको आर्थीक भार तिमिहरु नै बोकिरहन्छौ । चुनावमा नेतालाइ जिताउन प्रचार प्रसारमा लाखौ खर्च गर्नै पर्दैन । राम्रो मान्छेलाइ चुनावका दिन आफै भोट दिन्छन । तिमिहरुको त्यो रमाइलो भन्दा हाम्रो नरमाइलो मलाइ धेरै मन पर्यो । चुनाव जित्न लाखौको पर्चा, लाखौको खानपिन, लाखौ खर्च गरेर सवारी साधनको ब्यावस्था गर्नु आवस्यक पर्दैन । हेर त तिमिहरुको जस्तो रमाइलो नगरी पनि हाम्रो देशमा चुनाव भयो त ।
                 अब त आफै भन ‘ के ति सब आवस्यक रहेछ त’ ? तेसैले त प्रत्येक बर्षको देश बिकासको रफ्तार नेपालको तुलनामा धेरै अगाडि छ । यहा युबा देखि बृद्ध सम्मका लागि रोजगारीको अवसर प्रसस्त छ । घरमा पानी बत्ति र ग्यासको अभाव कहिल्यै भएको छैन स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारले जनतालाइ न्याय गरेको छ बाटाहरु भत्केका तथा धुलो धुवा अनि फोहर कतै छैन । नेताले बिकास गर्ने हो, खर्च धेरै गरेर भएको सम्पतिको बिनास गर्ने हैन । यति भनेर उ आफ्नो बाटो लाग्यो ।
                बल्ल मेरा पनि आखा खुले हो त रमाइलो चुनाव भन्दा त नरमाइलो चुनाव पो ठिक रहेछ त । हामीले अनावस्यक झण्डा, पर्चा, पेट्रोल, खानपिन, गरेर जुलुसमा हिडनुको साटो आफ्नो आफ्नो काममा लागेर चुनावको दिन एउटा सहि मान्छेलाइ जिताएर भ्रष्टाचार रहित बिकास गर्ने वातावरण उमेद्वारलाइ बनाइदिनु पर्ने रहेछ भन्ने ज्ञान आयो । आखिर चुनावी प्रचारमा धेरै खर्च नगरेर, जनतालाइ अघि पछि लिएर नहिडिकन पनि त चुनाव सम्पन्न हुने रहेछ त । तेसैले चुनाव नाच्न गाउन वा रमाइलो गर्न हैन रहेछ सहि मान्छेलाइ जिताएर नगर र शहर बिकास गर्न प्रोत्साहित गर्नु पर्ने रहेछ भन्नेकुराको राम्रो शिक्षा प्राप्त भएको छ ।
                मैले त चुनावमा वेग्ला वेग्लै पार्टीलाइ समर्थन गरेकोमा गाउँ समाजमा मिल्ने छर छिमेकिले दुश्मनको व्यवहार गरेको, साथि साथिमै तथा दाजुभाइ विचमा मनमुटाव भएको, कार्यालयमा सँगै काम गर्नेहरु बिचमा बैमन्नस्यता देखेको थिएँ । त्यति मात्र कहाँ होर हामीले छानेको नेता जिताउन झण्डा बोकेर जिन्दावाद र मुर्दावाद भन्दै आफ्नै घर परिवारमा श्रीमान श्रीमती विचमा फरक राजनीतिक आस्थाकै कारण कलह समेत भएको तितो यथार्थ गाउँ समाजमा  देखेको थिएँ । मन मनलाइ जोड्ने भन्दा दूरी पैदा राजनीतिक विचारधाराकै कारण भएको देखेको थिएँ । मानिस राजनीतिक प्राणि भएपनि एक अर्काको सम्मान सजिलै पनि त गर्न सकिने रहेछ । साथै जितेर गएका जनप्रतिनिधिले आफ्नो व्यक्तिगत स्वार्थमा लाग्ने मात्र होइन आफ्नो क्षेत्र र देशको विकासको लागि पनि त चाहेको खण्डमा योगदान दिएर जनतालाइ खुसि बनाउन सक्नेरहेछन् । चुनाव व्यक्तिगत स्वार्थको लागि मात्र होइन सामाजिक हितको लागि हो भनेर पनि त जनप्रतिनिधिहरुले सन्देश दिन सक्ने रहेछन् । चुनाव ताका र चुनाव अघिको फरक मात्र होइन चुनाव पछि गर्न सकिने कार्यहरुमा पनि धेरै फरक महसूस गरें ।

२०७९ असार ३२, शनिबार प्रकाशित 1 Minute 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार