
भ्mापा ।। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले अबदेखि नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गरेका छन्।
झापामा बिर्तामोडमा आयोजित पार्टीको जिल्ला भेलामा सम्बोधन गर्दै लामिछानेले नेपालकै उत्पादनलाई प्राथमिकता दिने बताएका हुन्।
लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। आफुले लगाएको शिर देखि पाउँ सम्मकोे पोशाक नेपाली उत्पादन भएको भन्दै निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्ने बताए ।