
खगेन्द्र खरो
झापा ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको टोली झापा आइपुगेको छ ।
आज पुर्वी जिल्ला झापा आउँदै गर्दा चन्द्रगढी बिमानस्थलमा उनले झापाको चुनौतीलाइ सहजै स्विकार्दै यहाँको परिवर्तनमा आफु हरु लाग्ने बताए । संचारकर्मी सँगको प्रतिकृयामा उनले झापाले यस पटक जान्नेलाइ छान्ने कुरामा पछि नहट्ने बिश्वास राखेका छन ।
केही मान्छेको कब्जामा देश बसिरहेको हेर्न नचहाने हरुले यस पाटीलाई केही दिनमै नपराएको हुदा यी मनहरुको भावनाको कदर गर्दै लाने बताए । आफु एक्लै एक ठाउँको समस्या लिएर निर्वाचनमा लडनु भन्दा देशका धेरै स्थानहरुको अनेकन समस्य भएको हुँदा पाटी बनाएर आफुहरु लडन र जित्न आएको बताए ।
उनले आफै मेचीपुलमा पुगेर आफनो चुनाव चिन्ह घण्टी बजाएका छन । भने काँकरभिट्टाको सम्पर्क कार्यालयको अवलोकन समेत गरेका छन । पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला भेलालाई भोलि सम्बोधन गर्दैछन् ।
भेला झापाको बिर्तामोड स्थित अग्रसेन भवनमा असार ३० गते बिहिबार हुदैछ ।त्यस्तै ३१ गते शुक्रबार सुनसरीको धरान स्थित बसुन्धरा स्मृति सदनमा र ३२ गते शनिबार मोरङको बिराटनगर स्थित जैन भवनमा जिल्ला भेला हुने कार्यतालिका रहेको छ ।