
झापा ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको टोली यतिवेला देश दौडाहामा निस्किएको छ ।
यसैक्रममा उनिसहितको टोलि आज पुर्वी जिल्ला झापा आउँने भएका छन ।
लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो चुनाव चिन्ह गोलाकार भित्र घण्टी सहित दर्ता भएको पार्टी सदस्यता बिस्तारको लागि देश दौडानमा निस्किएको हो ।
पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला भेलालाई भाेलि सम्बाेधन गर्दैछन् ।
भेला झापाको बिर्तामोड स्थित अग्रसेन भवनमा असार ३० गते बिहिबार हुदैछ ।त्यस्तै ३१ गते शुक्रबार सुनसरीको धरान स्थित बसुन्धरा स्मृति सदनमा र ३२ गते शनिबार मोरङको बिराटनगर स्थित जैन भवनमा जिल्ला भेला हुने कार्यतालिका रहेको छ ।