२०७९ चैत्र १५ बुधबार

धुलाबारीमा सुनको सिक्री थुतेर भाग्ने एक जना पक्राउ

झापाको मेचीनगर १० स्थित धुलाबारी बजारमा एक महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ का २० बर्षीय निरज राय रहेका छन् ।
रायले हिजो बेलुका साढे ६ बजे बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ की ५० बर्षीया गीता अधिकारीले घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

२०७९ असार २५, शनिबार प्रकाशित 0 Minutes 805 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार