२०७९ चैत्र १५ बुधबार

बिपद व्यवस्थापन सम्बन्धि कृतिम अभ्यास

दमक ।। आज एक कार्यक्रम बिच बिपद व्यवस्थापन कृतिम अभ्यास सम्पन्न भएको छ । कारितास नेपालको आयोजना तथा नेपाली सेना नया“ श्री नाथ गण चारआलिको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सम्पनन भएको हो । कार्यक्रममा सर्प दंश, आगलागी तथा बाढी बाट जोगिने तथा क्षति न्यूनिकरण कसरी गर्ने भन्ने बारे सरस्वति माध्यमिक बिद्यालयका कमल — ७ रंगपुर बिद्यार्थी, शिक्षक बिद्यालय व्यवस्थापन समिती लगायत स्थानिय अभिभावकहरुका बिच सो कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमा बाढीवाट बच्न स्थानिय श्रोत साधनको प्रयो गसरि गर्ने, ग्यास शिलिन्डर लिक हुदा कसरी आगो निभाउने साथै अग्नी नियन्त्रक उपकरण कसरी प्रयोग गर्ने तथा शर्प टोकाई वाट कसरी बच्ने र टोकीहालेमा प्राथमिक उपचार कसरी गर्ने भन्ने वारे नेपाल सेनाका सह सेनानी निरन्जन चौहान सहितको टोलिले कृतिम रुपमा प्रस्तुति गरेको थियो ।
कृतिम अभ्यास शुरु हुनु भन्दा अगाडी भएको एक औपचारिक कार्यक्रममा कमल गा“उपालिका बडा. न.ं ७ का वडा अध्यक्ष पृथ्वीपति राइले यस्ता घटना अभ्यासले बिपद्वाट जोगिन साथै क्षति कम गर्न मध्धत पुग्ने बताउनु भो । बिद्यालय तहवाटै बिपद्लाई पाठ्यक्रममा राख्न सके बर्सेनी बिपद्वाट हुने जोखिमकम गर्न सकिने भन्दै कायक्रम उत्कृत रहेको र यस्ता कार्यक्रम निरन्तर गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा कारितास नेपाल दमक कार्यालय प्रमुख देवेन्द्र पोख्रेलले बिपद् थगाहा दिएर नआउने बताउदै पूर्वतयारी र जोखिम कम गर्न सवै सचेत रहनु पर्छ र यस्तो खालको कार्यक्रमले सचेतनजा बढाउन बद्यत पग्ने वताउदै सवै सहभागीलाई स्वात गर्नु भयो । बिद्यालयका प्रधानअध्यापक रुखमान लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संन्चालन कारितास नेपालका समुदायीक सहझकर्ता गोविन्द राज कट्टेलले गर्नु भएको थियो

२०७९ असार २४, शुक्रबार प्रकाशित 0 Minutes 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार