
झापा ।। सशस्त्र प्रहरी बल झापाले लाखौं मूल्य बराबरको लत्ताकपडा बरामद गरेकेा छ । सुरक्षा बेश शनिश्चरे बाट खटिएको माेबाइल गस्ती टाेलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा राजश्व छलि ल्याएकाे वेवारिसे अवस्थामा रहेका १८ पाेका लत्ताकपडा बरामत गरेकाे हाे । २९ लाख बराबरको साे लत्ताकपडा बिर्तामोड पश्चिम बस स्टेण्ड क्षेत्रमा बरामत गरिएको साे लत्ताकपडा बरामद गरि आवश्यक अनुसन्धान तथा कार्वाही काे लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएकाे सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम बहादुर भण्डारीले बताए ।