२०७९ भाद्र १ बुधबार

दहिझोडामा हात्ती मृत फेला

झापा । 

केहि दिन यता झापामा हात्ती मृत अवस्थामा भेटिने क्रम बढेको छ । केहि समय अघि पनि बुद्धशान्तिमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो।

यसै क्रममा झापाको अर्जुनधारा–४ दहिझोडामा पनि बुधवार (आज) बिहान एउटा हात्ती मृत फेला परेको छ। सुखानी सहिद मार्गदेखि अलि तल दहिझोडा खोलाको किनारमा एक किशोर अवस्थाको हात्ती मृत्य फेला परेको हो।

झापामा एकपछि अर्को हात्तीको मृत्यु के कारणले भयो भन्ने यकिन भने भएको छैन। इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले हात्ती मृत अवस्थामा भेटिएको जानकारी आएलगत्तै प्रहरीको टोली त्यसतर्फ गइसकेको जानकारी दिएका छन् ।

२०७९ असार २२, बुधबार प्रकाशित 0 Minutes 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार