२०८० जेष्ठ २२ सोमबार

मेचिनगरका ११ मा क्यान्सर ,मृगौला पिडितलाइ सहयोग

खगेन्द्र खराे
मेचीनगर ।। धन हुने सँग मन हुदैन मन हुने सँग धन हुदैन । समाजमा धेरै बिरामी हरु आर्थिक अभावका कारण उपचार गर्न सकिरहेका छैन । तर,धुलाबारी का एक मनकारी दाता प्रल्हाद शाहले ३ जना यस्ता बिरामी लाई सहयोग गरे जुन उनि ती बिरामीका लागि सहयोगी बन्न पुगे  । धुलाबारी का व्यावसायि शाहले वडा कार्यालय र नेकपा एमाले नेता बिष्णु प्रसाईं सँगकाे सहकार्यमा याे उदाहरणीय काम गरेका हुन । आज  सहयोग आर्थिक रकम सहित क्यान्सर पिडित उप नामले परिचित,पूर्व कार्यपालिका सदस्य  पूर्ण मेचेलाइ २१ हजार १ सय हस्तान्तरण गरिएको थियाे  ।
त्यस्तेै मेचीनगर ११ निवासी मृगौला पिडित बिष्णु महरालाइ ११ हजार १ सय सहयोग रकम हस्तान्तरण गरिएको छ । सावित धाइजन गाविस वडाध्यक्ष नगेन्द्र मेचेलाइ २१ हजार १ सय हस्तान्तरण गरिएको हाे । नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य एवम् पूर्व बागमति प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई , वडाध्यक्ष रुद्र डागी, नेकपा एमाले वडा कमिटी अध्यक्ष सागर ओली ,वडा कमिटी सदस्य गाेपाल तिम्सिना लगायतको उपस्थित रहेको थियोे ।

२०७९ असार २१, मंगलवार प्रकाशित 0 Minutes 1061 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।