२०७९ चैत्र १६ बिहीबार

झापा बोल्छ क कस्ले उचाले उपाधी

जोइन्ट ब्रदर इन्टरटेन्मेन्ट एण्ड मिडिया प्राली को आयोजना मा झापा बोल्छ , बक्तृत्त्व कला प्रतियोगिता र प्रदेश १ मै पहिलो डिजिटल एम्पायर क्विज हाजिरिजवाफ प्रतियोगिता आज समापन गरेको छ ।

झापा जिल्लाको चन्द्रगढी , धुलाबारी, दमक र बिर्तामोडमा अडसिन गरि 12 ओटा विद्यालय लाई एम्पायर व्विज को सेमिफाइनल मा लगीएको थियो, जस मध्ये २०७८ असार १४ गते सेमिफाइनल बाट , तारापुन्ज बोर्डिङ स्कुल, काकर्भिट्टा , लिटल एन्जेल बोर्डिङ , चारआलि र विद्योदय स्कुल , कन्काइ फाइनल चरण मा प्रवेश गरेका थिए । लिटल एन्जेल स्कुल चारआलि ले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने दित्तिय स्थान बिध्धोदय स्कुल र तृतीय तारापुन्ज स्कुल भएको छ ।

प्रथम द्दितिय र तृतीय लाई क्रमश , २००००,१००००,५००० नगद सहित ट्र्फि मेडल र विविध उपाहार ले सम्मान गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा कुइज मास्टर राजिब न्यौपाने थिए । त्यसै गरि अडिसन बाट १२ जाना प्रतियोगी लाई फाइनल चरणमा लगीएको झापा बोल्छ , वतृत्त्व कला प्रतियोगिता मा झापा मोडल दमककि त्यसै गरि बिर्तामोड को वाल्मीकि एजुकेसन फाउन्डेसन बाट प्रतिनिधित्व गर्दै र झापा मोडेल कै तृतिय स्थान हासिल गर्न सफल भएका थिए । प्रथम दितिय र तृतीय ले क्रमश २०,००० !१००००!५००० नगद सहित ट्रफि मेडल सहित ले सम्मान गरिएको थियो । उक्त प्रतियोगीताको निर्णायकका रुपमा सन्दिप राजवन्सी , धर्मेन्द्र भट्टराई (मामा) , उषा श्रेष्ठ , युनिता दवाडी भट्टराई , स्वस्तिका आचर्य थिए ।

उक्त कार्यक्रम झापाको झिलझिले स्थित वाटर किङडम मा सम्पन्न गरिएको थियो । कम्पनिका इभेण्ट डिरेक्टर प्रकाश सङ्रौला (निराकार) को अध्यक्षता मा भएको कार्याक्रमका प्रमुख अतिथी , झापा इन्नर्जिका कार्यकारी निर्देशक तथा सिमृक साकोसका अध्यक्ष सुवास भट्टराई थिए । कार्यक्रमको सन्चालक मेनेजिङ डिरेक्टर अविशेक श्रेष्ठ ले गरेका थिए भने स्वागत मन्तव्य सारिका प्रसाईं ले गरेकी थिइन । कार्यक्रम मा प्रमुख अतिथि सुवास भट्टराई , लायन्स क्लब अफ मेचिनगरका सचिव सजित तामाङ , लियो क्लब अफ मेचिनगरका सस्थापक अध्यक्ष अभिजित दवाडी ले सुभकामना मन्त्व्री राखेका थिए । कार्यक्रम मा प्रनवी चिया, लायन्स क्लब अफ मेचिनगर, लियो क्लब अफ मेचिनगर , एक्पर्ट एजुकेशन अन्ड भिषा सर्विस , प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी, आगमन हर्बल ले प्रायोजन गरेका थिए ।

२०७९ असार १६, बिहीबार प्रकाशित 0 Minutes 401 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार