

बिश्वको बिभिन्न मुलुकको बढदै गरेको महङ्गी र मूल्य वृद्धिको असर हाम्रो देश नेपालमा पनि प्रत्यक्ष रुपमा देखा परिरहेको छ । हुन त मूल्यवृद्धिलाइ पछाडि अर्थात हाम्रा हजुरबुवाका पुस्ता देखि हेर्दै ल्याउने हो भने तेति बेलैबाट मूल्यवृद्धि भैरहेको छ ।
समयको अन्तराल संगै जनसङ्ख्यामा भएको वृद्धि र बिलासी जिवनयापनले गर्दा पनि महङ्गीमा असर परिरहेको छ । उहिले हजुरबाको पालामा मोहर गन्थे डालामा भन्ने त उखान नै छ । त्यो समयमा एक रुपैयाँले बिहे पुजा आजा हुन्थ्यो रे तर आज समयको परिवर्तनसंगै ति सबै किम्वदन्ति जस्ता लाग्न थालेका छन ।
हाम्रै बढदो आवश्यकता र बिलासिताको जिवनशैली नै महङ्गीको प्रमुख कारक पनि हुन सक्छ । महङ्गी बढ्यो भनेर हामीले नाराबाजी गरेर वा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएर समाधानको बाटो निस्कदैन ।
पछिल्लो समयमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य निक्कै बढेको छ तर मूल्य नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय बजारमै बढेको छ । अब जनताले पेट्रोलियम पदार्थको प्रयोग कम गर्नु पर्छ भन्दा पनि सरकारले अन्य उर्जाको प्रयोगलाइ सहज गरेर जनताको पेट्रोलियम पदार्थको प्रयोगको आदत घटाउन प्रेरित गर्नु पर्छ जस्तो लाग्छ ।
जलस्रोतको धनि देश भनेर चिनिले देश नेपालले विद्युतीय प्रयोगलाई बढावा दिनु पर्छ जसको लागि विद्युत महसुलमा छुट, विद्युतिय सवारी साधनमा लगाइएको भन्सारमा छुट, इण्डक्सन चुल्हो प्रयोग गर्न अनुरोध जस्ता बिभिन्न उपायहरु गर्न सके पेट्रोलियम पदार्थको प्रयोग आफै घट्छ जस्तो लाग्छ ।
नेपालमा पेट्रोलियम पदार्थको प्रयोग अत्याधिक रुपमा सवारी साधनमै खपत भएको देखिन्छ । सरकारले छिमेकी राष्ट्र भारतमा पाउने मूल्यमा नेपालमा पनि विद्युतिय सवारीसाधन उपलब्ध गराउन सक्ने हो भने पेट्रोलियम पदार्थको प्रयोग ह्वात्तै घटन सक्छ ।
सडकमा टायर बालेर र अनसन बसेर समस्याको समाधान निस्किदैन । अनि लाखौंको सवारी साधन चढेर तेलको मूल्य बढयो भनेर आन्दोलनमा उत्रदाँ सुहाउँछ जस्तो पनि लाग्दैन ।
देशमा लता कपडाको मूल्य वृद्धि भएको छ, दबाइ र अस्पतालको मूल्यमा वृद्धि भएको छ, खाने सरसामान सबैको मूल्य वृद्धि भएको छ,
विद्यार्थीको स्कुलको शुल्क महङ्गिएको छ, गरगहना लगायत सम्पुर्ण कुराको मूल्यवृद्धि भएको छ तर यि सबै कुरामा कसैको ध्यान गएको देखिदैन । यसले सर्वसाधारण जनतामा कति सास्ती भैरहेको छ भन्ने कुरा कसले बुझेको छ ।
एउटा कर्मचारी जसको हरेक बर्ष तलब बढेको छ तर एउटा साधारण मान्छे जो मजदुरी गरिरहेको छ उसको तलब बढेको छैन तर कर्मचारीको तलब बढेसंगै बजार भाउ बढेको मूल्य तिर्न विवस छ त्यो मजदुर । जो कर्मचारी हो उसको त महङ्गी बढे पनि मेरो तलब बढेको छ भनेर चित्त बुझाउदैछ तर जो कर्मचारी हैन उसको त तलब पनि बढेन र महङ्गी पनि बढ्यो यस्तो अवस्थामा समानुपातिक ब्यवस्था आवश्यक छ कि छैन त ?
आज सम्म सर्वसाधारणको समस्याको लागि कसैले आन्दोलन गरेको वा आवाज उठाएको पाइदैन । अब समस्याको सावधान तर्फ दवाब दिन जरुरी छ । केवल पेट्रोलियम पदार्थको मात्र हैन अन्य हरेक कुराको मूल्यवृद्धि भएको छ जुन असमान्य कुरो हैन संसारमा सबै तिर भएकै छ मूल्य बढ्यो भनेर आन्दोलन हैन अब यसको बिकल्प खोज्नु जरुरी छ ।
नेपालमा विद्युत उत्पादनको प्रशस्त सम्भावना छ र भैरहेको पनि छ । नेपालमा उत्पादन भएको विद्युत भारत सम्म बिक्री गर्ने गरिएको पनि छ । अब देशमा उत्पादन भएको विद्युत देशकै जनतालाइ प्रयोग गर्न हौसाउने र अझै हाइड्रो पावरको विकाश गर्न तर्फ देशले ध्यान दिन जरुरी छ । देशले देशको मात्र आम्दानी हेरेर अब हुदैन जनताको जिवन स्तर उकास्न तिर ध्यान दिएर विद्युतिय सवारी साधनमा लगाइएको भन्सार छुट गरि पेट्रोल तथा डिजेल गाडि प्रयोग गर्नेलाइ विद्युतिय सवारी साधन तर्फ आकर्षित गराउन सक्नु पर्छ ।
झापा घर भएका लेखक हाल जापानको शिन्जुकुमा बस्नुहुन्छ ।